मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

‘अधिकारका लागि एकीकृत आवाजको खाँचो’

Ujyalosandeshonline 11540+ समाचार ( )
१ फाल्गुन २०८०, मङ्गलबार

जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले अधिकारका लागि एक्लाएक्लै उठेका आवाजबाट दबाब सृजना नभएकाले मुलुकमा राष्ट्रिय क्रान्तिको आवश्यकता रहेको बताएका छन् ।

जनकपुरधाममा मंगलबार कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले अधिकारका लागि एकलरुपमा लड्दै आइरहेकै कारण हारको सामना गर्नुपरिरहेको बताउदै अब एकीकृत भएर राष्ट्रिय आन्दोलनको खाँचो रहेको बताए ।

उनले भने, ‘नेपालमा विभिन्न राष्ट्रियताको पहिचान छ, तर शासकले यसलाई स्वीकार गर्न चाहेको छैन ।’

भारतमा अहिलेसम्म एउटै संविधान निर्माण भएको र आवश्यकता रहेको बेलामा संशोधन गरिरहँदा विश्वको तेस्रो शक्तिशाली देशमा आउन सफल भएको उदाहरण उनले दिए । नेपालमा अहिलेसम्म सातवटा संविधान बने पनि जनतालाई अधिकारबाट बञ्चित गरेकै कारण विकसित हुन नसकेको उनको भनाइ थियो ।

उनले अघि भने, ‘नेपाल मधेश, थारु, जनजाति लगायतका विभिन्न राष्ट्रियता मिलेर बनेको छ तर शासन र संविधान सोअनुसार बनेको छैन । पृथ्वीनारायण शाहले नेपालको निर्माण गर्दा एउटा नारा दिएका थिए, नेपाल चार वर्ण र छत्तीस जातको साझा फुलबारी हो । तर, अहिले उक्त कुराको मनन् भएको छैन । अहिले एकल राष्ट्रियता हाबी छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार