मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

डेढ करोडको लागतमा जनकपुरधामको ऐतिहासिक राममन्दिरको सौन्दरीकरण हुने

Ujyalosandeshonline 11768+ समाचार ( )
२६ माघ २०८१, शनिबार

जनकपुर । करिब डेढ करोडको लागतमा जनकपुरधामको ऐतिहासिक राम मन्दिरको सौन्दरीकरण हुन लागेको छ । मन्दिरको प्रवेशद्वारदेखि परिसरभित्रको पार्क निर्माण लगायतका कामहरु गरिने भएको छ ।

सौन्दरीकरणका लागि मधेश प्रदेश सांसद दीपेन्द्र ठाकुरले संसदीय कोषबाट पचास लाख रुपैयाँ दिने भएका छन भने जनकपुरधाम उपमहानगरपालिकाले ५० लाख र प्रतिनिधी सभा सदस्य मनिष झाले पनि संसदीय कोषबाट रु पचास लाख रुपैयाँ दिने भएका छन् ।

सो क्रममा शनिबार राम मन्दिरको दक्षिणपट्टि निर्माण हुने भनिएको प्रवेशद्वारको सांसद ठाकुर र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले संयुक्तरूपमा सिलान्यास गरेका छन् ।

जनकपुरधामका धार्मिक तथा पर्यटकीय स्थलहरुमध्येको एक प्रसिद्ध मन्दिर हो राममन्दिर । प्रवेशद्वार निर्माणले पर्यटक र भक्तजनका लागि थप आकर्षण थप्ने महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ताले बताए । उनले पहिले चरणमा प्रवेशद्वारा निर्माण सम्पन्न भएपछि दोस्रो चरणमा पार्क निर्माण हुने जानकारी दिए । अहिले हजारौं आन्तरिक तथा भारतीय पर्यटकहरु राम मन्दिर दर्शन गर्न दिनहु आउने गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार