मुख्य समाचार
एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन | मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्ने | लुम्बिनीबाट निग्रोधारामसम्म थाई भिक्षुहरूको शान्ति पैदलयात्रा | कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग | दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त | डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन | भैरहवामा महोत्सवको लहर, प्रदर्शनीस्थलको अभाव |

डण्डा सशस्त्र प्रहरीद्वारा डेढ महिनामा साढे १ करोड बढीको अवैध सामान बरामद

Ujyalosandeshonline 12532+ समाचार ( )
२६ असार २०८३, शुक्रबार

भैरहवा । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर डण्डा, रूपन्देहीले पछिल्लो डेढ महिनाको अवधिमा साढे १ करोड रुपैयाँभन्दा बढीको अवैध सामान बरामद गरी भन्सार कार्यालय बुझाएको छ । गुल्मका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक गोपिकृष्ण भट्टराईले कार्यभार सम्हालेयता सीमा क्षेत्रमा निगरानी र सक्रियता बढाएसँगै ठूलो परिमाणमा तस्करीका सामान पक्राउ गरिएको हो ।

गत जेठ ८ गते गुल्मपतिको रूपमा डिएसपी भट्टराई हाजिर भएयता रूपन्देहीका विभिन्न सीमा नाका र स्थानहरूबाट अवैध रूपमा भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरिएका लत्ताकपडा, हार्डवेयर, कस्मेटिक तथा किराना सामानहरू बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । यसैगरी, विभिन्न समयमा बरामद गरिएका फलफूल, पेय पदार्थ तथा मेसिनरी सामानसहित कुल १ करोड ७० लाख ६१ हजार १४६ रुपैयाँ बराबरको अवैध सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको छ ।

सीमा सुरक्षा र अवैध ओसारपसार नियन्त्रणका लागि चालिएको कडा कदमका क्रममा सशस्त्र प्रहरीले प्रतिबन्धित लागुऔषध समेत बरामद गरेको छ । सोही अवधिमा सीमा क्षेत्रबाट ७ केजी गाँजा र २.७९ ग्राम चरेस समेत नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको सीमा सुरक्षा गुल्म डण्डाले जनाएको छ । सीमा क्षेत्रमा हुने गस्ती र चेकजाँचलाई थप कडा पारिएसँगै अवैध सामान भित्रिने क्रममा कमी आउने विश्वास लिइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार