मुख्य समाचार
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न सरकार कटिबद्ध छ: सांसद पुनम अग्रवाल | पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध | चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न निर्देशन | विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी | भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता | नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित | सडक सुरक्षामा ध्यान दिन प्रहरीको आग्रह | भैरहवामा लगानीकर्ता सचेतना तथा पूँजीबजार साक्षरता कार्यक्रम सम्पन्न | नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू | कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने |

अध्यक्ष यादवद्वारा जसपा नेपाल छोडेका नेतालाई फर्किन आह्वान

Ujyalosandeshonline 12490+ समाचार ( )
२१ कार्तिक २०८२, शुक्रबार

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी परित्याग गरेका सम्पूर्ण नेता एवं कार्यकर्तालाई जसपा नेपालमा फर्किन आह्वान गर्नुभएको छ । अध्यक्ष यादवको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उहाँले विभिन्न कारण र कालखण्डमा पार्टी छाडेका नेता कार्यकर्तालाई संकोच अप्ठ्यारो नमानी आफ्नो पुरानै घरमा फर्किन आह्वान गर्नुभएको हो । 

आफ्नो पार्टी छोडेर विभिन्न पार्टीमा गएका नेता तथा कार्यकर्तालाई ढोका खुला रहेको उहाँहरूको क्षमता, दक्षता, भूमिका र योग्यताअनुसार पार्टीमा उचित स्थान र जिम्मेवारी दिईने अध्यक्ष यादवको भनाइ छ । 

मुलुकमा विकसित परिदृष्यलाई मध्यनजर गर्दै पार्टीलाई थप सङ्गठित, समावेशी र बृहत् बनाउने उद्देश्यले पार्टी छाडेकालाई पुरानै घर फर्काउने अभियान जसपा नेपालले प्राथमिकताका साथ सञ्चालन गर्ने जसपाले निर्णय गरेको छ ।

अध्यक्ष यादवले भन्नुभएको छ, “यो पार्टी स्थापनाकालदेखि विगतमा जे जस्तो कारणले असन्तुुष्ट भएर पार्टी छाडे पनि उहाँहरू सबैलाई जसपा नेपालमा स्वागत छ, आफ्नो पुरानै घरमा फर्किन आह्वान गर्दछु”, अध्यक्ष यादवले भन्नुभयो, “जसपा नेपाल हामी सबैको साझा सङ्गठन भएकाले जुनै कारणले पार्टी परित्याग गरे पनि पुनः फर्किन कसैले दुःख, धक, संकोच वा अप्ठ्यारो मान्नु पर्दैन ।” 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार