मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

सभापति देउवाद्वारा महिला संघको भवन शिलान्यास

Ujyalosandeshonline 12548+ समाचार ( )
२ श्रावण २०८१, बुधवार

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापती शेर बहादुर देउवाले नेपाल महिला संघको केन्द्रीय कार्यालयको भवन शिलान्यास गरेका छन् ।

शिलान्यास गर्दै सभापति देउवाले भवनको शिल्यानास गर्ने मौका पाउँदा आफूलाई सौभाग्यशालि ठानेको बताएका छन् ।

कति ठाउँमा शिलान्यास गर्ने तर भवन निर्माण नहुने समस्या रहेको भन्दै उनले भवन निर्माण गरि उद्घाटन नै गर्नका लागि शुभकामना दिएका छन् ।

उनले भने,‘यो भवनको शिलान्यास गर्ने मैले मौका पाएको छु ,त्यो मेरा लागि धेरै ठूलो सौभाग्यको कुरा पनि हो । प्राय के हुन्छ भने शिलान्यास गर्ने यत्तिकै छोड्ने पनि हुन्छ । त्यसैले मैले त अझ के भन्छु भने उद्घाटन गर्न बोलाउँनुहोस् शिलान्यास गर्न बोलाउँदै नबोलाउनुहोस् पनि भनेको छु । त्यसैले यो भवनको शिलान्यास मात्र होईन भवन निर्माण होस् र उद्घाटन गर्न पाईयोस् ।’

त्यस्तै उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक हुँदै गणतन्त्रात्मक संविधानबाट अधिकार प्राप्तिका लागि पार्टीका महिला नेतृहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

उनले भने, ‘यो संघीय लोकतान्त्रिक हुँदै गणतन्त्रात्मक संविधानबाट हामीले प्राप्त गरेको जुन अधिकारहरु छन् । ति अधिकार प्राप्त गर्नको लागि हाम्रो पार्टीका धेरै महिला नेतृहरुले धेरै ठूलो योगदान पु¥याएका छन् ।’

कार्यक्रममा पार्टीको विभिन्न तहको नेतागण, पुर्व मन्त्री, पार्टी केन्द्रीय सदस्य, नेपाल तरुण दल निवर्तमान अध्यक्ष जित जङ्ग बस्नेत, नेपाल तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङ लगायतको उपस्थित रहेको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार