मुख्य समाचार
सामाजिक सद्भाव र भाइचारा कायम राख्न पूर्वराजा ज्ञानेन्द्रको आग्रह | जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु आदेश जारी | देशभर मनसुनी वायुको प्रभाव: पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना | सुनसरीको सुरक्षा स्थितिबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ | नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाको ६१औँ स्थापना दिवस मनाइयो | लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ८ मन्त्रालय कायम | १ अर्ब ८९ करोड बढीको हुन्डी कारोबार आरोपमा राजेन्द्रप्रसाद रिजाल पक्राउ | सुनसरीका १० स्थानीय तहमा तेस्रो दिन पनि कर्फ्यु जारी, जनजीवन प्रभावित | धकधईमा ‘ग्रीन रोहिणी’: वातावरण जोगाउन ४०० भन्दा बढी बिरुवा रोपी वितरण | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ |

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

Ujyalosandeshonline 11847+ समाचार ( )
१ पौष २०८२, मङ्गलबार

भजनी (कैलाली) । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक्त समाजको अपेक्षा गरेको बताउनुभएको छ । कैलालीको जानकी गाउँपालिकाले आज आयोजना गरेको विकास निर्माणसम्बन्धी सरोकारवालासँग भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री घिसिङले जनताले तत्काल कामको नतिजा खोजेको बताउनुभयो ।

“हामी अहिले जनताको माझमा जाँदै गर्दा धेरै ठूलो अपेक्षा भेटाएका छैनौँ”, उहाँले भन्नुभयो, “जनताको अपेक्षा चुस्तदुरुस्त सेवा प्रवाह, आर्थिक पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार मुक्त समाज छ ।” मन्त्री घिसिङले जनताका मूलभूत विषयमा वर्तमान सरकार गम्भीर भएर लागेको उल्लेख गर्दै विकास निर्माणका काममा पनि योजनाबद्ध रुपमा काम भइरहेको बताउनुभयो । हरेक क्षेत्रका योजना कार्यान्वयनमा जटिलता रहेकाले त्यसलाई सहज बनाउँदै जनताले अनुभूति हुने गरी काम हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

“अहिले जनताको अपेक्षा द्रुत विकास होस् भन्ने हो । त्यो अपेक्षाअनुसार छोटो समयमा काम गर्न चुनौती छ”, मन्त्री घिसिङ भन्नुहुन्छ, “बत्तीको उज्यालोले मात्रै देश समृद्ध बन्न सक्दैन । देश समृद्ध बन्न सबै क्षेत्र उज्यालो हुन आवश्यक छ ।”सरकारले घोषणा गरेकै मितिमा निर्वाचन हुने मन्त्री घिसिङले बताउनुभयो । “निर्वाचन हुँदैन कि भन्ने शङ्का कसैले नगरे हुन्छ । निर्वाचन निर्धारित समयमा नै हुन्छ”, उहाँले भन्नुभयो, “बरु निर्वाचन पछिको सरकार कस्तो बनाउने भन्ने जिम्मेवारी जनताको हातमा छ ।” 

हिजोको जस्तो परिस्थिति अबका दिनमा जनताले नचाहेको बताउँदै मन्त्री घिसिङले निर्वाचनमा सक्षम उम्मेदवारलाई चुन्न आग्रह गर्नुभयो । रानीजमरा कुलरिया सिँचाइ आयोजनाबाट उत्पादन भएको विद्युत्को स्वामित्व स्थानीय किसान पाउने उहाँले बताउनुभयो । “जसरी ३८ हजार हेक्टर क्षेत्रफलमा किसानले सिँचाइको सुविधा पाउँदै हुनुहुन्छ, त्यसैगरी विद्युत्को केही प्रतिशत स्वामित्व पनि यस क्षेत्रका किसानको हुने छ । त्यसैअनुसार ऐन निर्माणको अन्तिम तयारीमा छ ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार