मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

किताब जात्रा सुरु, शिक्षा र चेतनाको स्तर उकास्न उपयोगी

Ujyalosandeshonline 11005+ समाचार ( )
१८ श्रावण २०८१, शुक्रबार

काठमाडौं । किताब जात्राको छैटौं संस्करण शुक्रबारबाट सुरु भएको छ । लेखक र पाठकबीच अन्तरंग विमर्श हुने यस जात्राको शुक्रबार शिक्षामन्त्री विद्या भट्टराई र अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरे ।

जात्राको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले ‘समृद्ध नेपाल, सुखि नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान दिन जरुरी रहेको बताए ।

मुलुकमा राजनीतिक स्थायित्वका लागि योगदान सबैले हातेमालो गर्दै  आर्थिक, सामाजिक रुपान्तरण र विकासका लागि सहकार्य गर्नुपर्ने पौडेलले बताए ।

‘आज देशको साझा उद्देश्य ‘समृद्ध नेपाल सुखी नेपाली’ हो । उक्त उद्देश्यमार्फत राष्ट्रिय आकांक्षालाई हासिल गर्नका निम्ति सबैले आ–आफ्नो ठाउँबाट राजनीतिक स्थायित्वका लागि योगदान दिन जरुरी छ । आर्थिक, सामाजिक रुपान्तरण र विकासका निम्ति पनि योगदान दिन जरुरी छ । यस राष्ट्रिय चाहनालाई शिक्षा र चेतनाको माध्यमबाट योगदान दिनका लागि सबैलाई हार्दिक धन्यावाद दिन चाहन्छु,’उनको भनाइ थियो ।

किताब जात्राको छैटौं संस्करण सुरु भएकोमा खुशी व्यक्त गर्दै उनले जात्रालाई अविचलित र अविराम अगाडि बढाउन सुझाए ।

समाजमा शिक्षा र चेतनाको स्तर उकास्नका लागि आयोजना हुने हरेक प्रकारका कार्यक्रमहरुलाई सरकारको पुर्ण साथ र सहयोग रहेको उनको भनाइ छ ।

उनले भने, ‘हामी अहिले किताब जात्राको छैटौं संस्करणमा छौं । जात्रा अविचलित र अविराम जारी रहोस् । समाजको ज्ञान, चेतना, विवेक र एकताको सर्वोपरि रुपमा रुपमा विकास गर्ने प्रयासका लागि आयोजकप्रति मुक्तकण्खले प्रशंसा गर्न चाहन्छु । यो प्रयासमा नेपाल सरकार साथमा रहेको व्यहोरा समेत जानकारी गराउन चाहन्छु । किताबका माध्यमबाट ज्ञान र विवेकलाई समाजमा सम्प्रेषण गर्ने अभिछिन्न शृंखला मानव समाजमा छ । शृंखलालाई प्रभावकारी ढंगले अगाडि बढाउने सन्दर्भमा जात्रा महत्पूर्ण छ । अझ जात्रा मौलिकतामा आधारित रहेको छ भन्ने विश्वास मैले लिएको छु ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार