मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

पशुपति कोटिहोम महायज्ञमा ७२ लाख घाटा भयो : विजय कृष्णमुर्ती

Ujyalosandeshonline 11005+ समाचार ( )
२८ भाद्र २०८१, शुक्रबार

काठमाडौं । पशुपातिनाथ मन्दिर परिषदमा एक महिनासम्म संचालन भएको ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’मा घाटा भएको आयव्यय सार्वजनिक गरिएको छ ।

मानव सेवा फाउन्डेसनले पत्रकार सम्मेलनको आयोजना गर्दै आयव्यय सार्वजनिक गर्नेक्रममा ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको विवरण सार्वजनिक गरेको हो । वाल योगेश्वर श्री विजय कृष्णमुर्तीजी महाराज(विजय भण्डारी)का अनुसार कोटिहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको छ ।

तर कोटिहोम लगाउने सिलसिलामा २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको उनले पत्रकार सम्मेलनमा जानकारी दिए । उनले दिएको विवरणलाई आधार मान्दा ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको देखिन्छ । तर कबोल गरिएकोमध्ये करिब दुई करोड रुपैयाँ उठ्न बाँकी रहेको उनले जानकारी दिए ।

साउन महिनाभर चलेको महायज्ञबाट उठेको रकमले मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणलगायत मानवीय सेवाका लागि सहयोग जुटाउने योजना थियो ।

फाउन्डेसनले मामाघर अनाथालय आश्रमले अनाथ र आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकालाई निःशुल्क भोजन, आवास तथा स्वास्थ्य र शिक्षा प्रदान गर्दै आएको छ ।

यस्तै छोरीको घर ज्येष्ठ नागरिक आश्रमले बेसहारा, शोषित र पीडित ज्येष्ठ नागरिकलाई गाँस, बास, कपासका साथै स्वास्थ्य सेवा दिँदै आएको छ ।

महायज्ञमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथा वाचक चन्द्रकला सखी र श्रीमद्भागवतकी लोकप्रिय युवा कथा वाचीका देवी प्रतिभा लगायतले कथा वाचन गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार