मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |
मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |


कञ्चनमा युवा सचेतना तथा किशोर किशोरी अभिमुखीकरण कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 12461+ समाचार ( )
५ जेठ २०८२, आइतबार

जगिलाल थापा

कञ्चन । रुपन्देहीको कञ्चनमा १ दिने युवा सचेतना तथा किशोर किशोरी अभिमुखीकरण कार्यक्रम अन्तर्गत विद्यार्थी–अभिभावकमा सकारात्मक सोंचको बिकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम हिजो सम्पन्न भएको छ। र्काक्रममा कञ्चन ४ का ७ वटा विद्यालयका ३५ जना विद्यार्थी र ३५ जना निजका अभिभावक तथा साथी सञ्जालका किशोर किशोरीहरु गरी ८० जनाको सहभागिता रहेको थियो।

अभिमुखीकरण कार्यक्रममा विद्यार्थी, अभिभावक तथा किशोर किशोरीहरुलाई सम्बोधन गर्दै वडा नंं ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले व्यक्ती परिवार र समाजमा सकारात्मक सोंचको बिकास गरी असल परिवार र सभ्य समाज निर्माण गर्ने उद्धेश्यका साथ अभिमुखीकरण कार्यक्रम प्रभावकारी हुने विश्वास गर्नु भयो। कुनै पनि समाज वा परिवार सभ्य बन्न व्यक्ती असल हुनुपर्ने र व्यक्ती असल बन्न व्यक्तीमा उत्पन्न हुने नकारमत्मक बिचार, चिन्तन र सोंचलाई निराकरण गर्न उसको मनमा सकारात्मक भावको बिकास गराउदै जानु पर्ने बिचार वडा अध्यक्ष खत्रीले ब्यक्त गर्नुभयो।

यसैगरी कार्यपालिका सदस्य सुशिला थापाले कुनै पनि काममा परिवर्तन ल्याउनु छ भने त्यो काम प्रतिको सकारात्मक धारणा निर्माण गर्नु पर्ने बिचार व्यक्त गर्नुभयो। परिस्थिति अनुसार व्यक्तीको मनमा उत्पन्न सोंच जुन व्यक्ती अनुसार फर फरक हुन सक्छ र जसले अनुभूति, ध्यान केन्द्रित गर्ने, सम्झनाहरू भण्डारण गर्ने र पुनः प्राप्त गर्ने साथै उपयुक्त समयमा उपर्युक्त प्रतिक्रियाहरू तथा कार्यहरू छनौट गर्न सहयोग गरिहेको हुने भएकोले सबैभन्दा पहिले सोंचमा सकारात्मक प्रभाव पर्न आवस्यक रहेको कार्यपालिका सदस्य थापाले बताउनु भयो।

यसैगरी वडा सचिव चक्रपाणी पौडेलले अवको नयाँ पुस्तालाई समाजमा हुने कुलत, लागुऔषधको दुरुपयोगबाट बचाएर समाज रुपान्तरणमा एक हिस्सेदार बनाउन वडाले वडाको बार्षिक कार्यक्रममा युवा सचेतना तथा किशोर किशोरी अभिमुखीकरण कार्यक्रम समावेश गरेको बताउनु भयो। व्यक्ती कस्तो हुने भन्ने कुरा उसमा उत्पन्न भावना र बिचारले निर्धाररण गर्ने भएकोले त्यो भावना तथा बिचारलाई सकारात्मक सोंचमा परिवर्तन गर्न विद्यार्थी, अभिभावक र किशोर किशोरीहरुलाई सचेत गराउनृ आवस्यक रहेको पनि वडा सचिव पौडेलले बताउनु भयो।

कार्यक्रममा मनोसामाजिक परामर्शकर्ता बिष्णु सुनार, कञ्चन साथी सञ्जालको अध्यक्ष सुस्मिता नेपाली र समिक्षा रानाले व्यक्तमिा उत्पन्न भावना, सोंचाई र सोंचाईका श्रोत, प्रकार, त्यसले व्यक्ती परिवार र समाजमा पार्ने प्रभाव र असर, अभिभावक तथा बालबालिकाहरुमा हुने अपेक्षा, सम्बन्धका बारेमा अभिमुखीकरण गर्नु भएको थियो। कार्यक्रममा असल अभिभावक तथा असल बालबालिका, अभिभावक र बालबालिकामा आउने बिभिन्न भावना र सोंचाईका कारण उत्पन्न द्वन्द र त्यसको समाधानबारे सहकर्ताहरुले अभिमुखीकरण गर्नु भएको थियो।

कञ्चन सुचना तथा सञ्चार केन्द्र, कञ्चन रुपन्देहीको आयोजना कञ्चन गाउँपालिका वडा नं. ४ को आर्थिक सहयोगमा सञ्चालन भएको कार्यक्रमको समन्वय र सहकार्य साथी सञ्जालको रहेको थियो।  दियो सभा हलमा भएको कार्यक्रममा अभिभावकहरुको तर्फबाट नैना थापा सिंजाली मगर र बिद्यार्थीहरुको तर्फबाट बालकुमारी बि.क.ले कार्यक्रमको संक्षिप्त अनुभव समेत सुनाउदै कार्यक्रमबाट जीवन उपयोगी कुराहरु सिक्न पाएको र आफु भित्र हुने सोंचाई र भावनाले नै व्यक्तीको व्यक्तीत्व र नेतृत्व बिकासमा ठूलो प्रभाव र असर पार्ने बिषयबारे जानकारी लिन पाएकोमा खुशी व्यक्त गर्नु भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार