मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

गौरीगंगा गोल्डकप : उपाधिका लागि स्टार सिटी र फारवेष्ट पशुपति भिड्दै

Ujyalosandeshonline 11768+ समाचार ( )
३० फाल्गुन २०८०, बुधवार

धनगढी । कैलालीको गौरीगंगामा भईरहेको चौथो संस्करणको गौरीगंगा गोल्डकप २०८० को उपाधिमाथि स्टार सिटी ब्वाईज युनियन क्लब र फारवेष्ट पशुपति युवा क्लबले दावी गरेका छन् ।

गौरीगंंगा ११ स्पोर्टस क्लबको आयोजना भईरहेको प्रतियोगिताको भोली हुने उपाधि भिडन्तमा बाजी मार्ने दुबै टोलीले दाबी गरेका हुन् । आज लिक्मा खेल मैदानमा आयोजना भएको प्रिम्याच कन्फ्रेन्समा फाईनल पुगेका दुबै टोलीले उपाधि जित्ने बताएका छन् ।

लगातार दोस्रो पटक फाईनल पुगेको स्टार सिटी ब्वाईन युनियनका कप्तान कपिल ढकालले आफ्नो टीममा अनुभवी खेलाडीहरु रहेकोले उपाधि जित्ने बताए । उनले सबै खेलमा खेलाडीहरुले आफ्नो क्षमता अनुसारको प्रदर्शन गरिरहेकोले फाईनलमा पनि शत प्रतिशत दिने र उपाधि जित्ने दावी गरे ।

फारवेष्ट पशुपति युवा क्लबका कप्तान अमानत सेखले अधिकांश युवा र स्थानीय खेलाडीहरु टीममा रहेकोले उपाधि जित्ने बताए । उनले युवा खेलाडीहरुको प्रदर्शनले फाईनलसम्म पुगेको भन्दै उपाधि जित्ने दावी गरे ।

प्रतियोगिताको फाईनल खेल भोली बिहीबार लिक्मा खेल मैदानमा हुनेछ । कैलालीको गौरीगंगामा २०७४ सालदेखि आयोजना हुदै आएको गोल्डकपको यस वर्षको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन ।

सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, उत्कृष्ट विधाका खेलाडीले १५–१५ हजार नगद र हरेक खेलको म्यान अफ दि म्याच हुनेले ५ हजार पाउने छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार