मुख्य समाचार
निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व | मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल | दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो | मर्चवारको विकासका लागि सडक, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइने: पूर्वाधार विकासमन्त्री लम्साल | पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित | विपश्यना आत्मशुद्धि र शान्तिको मार्ग | नेपाली महिला यु–१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा | निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी | ‘दसैँ गाउँमा नै रमाइलो’ | मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की |

गौरीगंगा गोल्डकप : उपाधिका लागि स्टार सिटी र फारवेष्ट पशुपति भिड्दै

Ujyalosandeshonline 12560+ समाचार ( )
३० फाल्गुन २०८०, बुधवार

धनगढी । कैलालीको गौरीगंगामा भईरहेको चौथो संस्करणको गौरीगंगा गोल्डकप २०८० को उपाधिमाथि स्टार सिटी ब्वाईज युनियन क्लब र फारवेष्ट पशुपति युवा क्लबले दावी गरेका छन् ।

गौरीगंंगा ११ स्पोर्टस क्लबको आयोजना भईरहेको प्रतियोगिताको भोली हुने उपाधि भिडन्तमा बाजी मार्ने दुबै टोलीले दाबी गरेका हुन् । आज लिक्मा खेल मैदानमा आयोजना भएको प्रिम्याच कन्फ्रेन्समा फाईनल पुगेका दुबै टोलीले उपाधि जित्ने बताएका छन् ।

लगातार दोस्रो पटक फाईनल पुगेको स्टार सिटी ब्वाईन युनियनका कप्तान कपिल ढकालले आफ्नो टीममा अनुभवी खेलाडीहरु रहेकोले उपाधि जित्ने बताए । उनले सबै खेलमा खेलाडीहरुले आफ्नो क्षमता अनुसारको प्रदर्शन गरिरहेकोले फाईनलमा पनि शत प्रतिशत दिने र उपाधि जित्ने दावी गरे ।

फारवेष्ट पशुपति युवा क्लबका कप्तान अमानत सेखले अधिकांश युवा र स्थानीय खेलाडीहरु टीममा रहेकोले उपाधि जित्ने बताए । उनले युवा खेलाडीहरुको प्रदर्शनले फाईनलसम्म पुगेको भन्दै उपाधि जित्ने दावी गरे ।

प्रतियोगिताको फाईनल खेल भोली बिहीबार लिक्मा खेल मैदानमा हुनेछ । कैलालीको गौरीगंगामा २०७४ सालदेखि आयोजना हुदै आएको गोल्डकपको यस वर्षको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन ।

सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, उत्कृष्ट विधाका खेलाडीले १५–१५ हजार नगद र हरेक खेलको म्यान अफ दि म्याच हुनेले ५ हजार पाउने छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार