मुख्य समाचार
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ |

नेपाल वित्तीय संस्था कर्मचारी संघले “सुपर ६ कर्पोरेट कप क्रिकेट टुर्नामेन्ट” आयोजना गर्दै

Ujyalosandeshonline 12206+ समाचार ( )
१२ जेठ २०८२, आइतबार

भैरहवा । नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल राष्ट्र बैंक सिद्धार्थनगर समितिले वित्तीय क्षेत्र लगायत अन्य कर्पोरेट संस्थाका कर्मचारीहरूमाझ खेलकुदको भावना प्रवद्र्धन गर्ने उद्देश्यले “सुपर ६ कर्पोरेट कप क्रिकेट टुर्नामेन्ट २०८२” आयोजना गर्ने भएको छ । यो प्रतियोगिताले वित्तीय संस्थाहरूका कर्मचारीहरूलाई एकै ठाउँमा भेला गराई सौहार्दपूर्ण वातावरणमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने आयोजकको भनाई छ । 

जेठ १५ गते देखि १७ गते सम्म तिलोत्तमामा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा डे/नाइट मा हुने टुर्नामेन्टमा लुम्बिनी प्रदेश स्तरिय बैंक, बित्तिय संस्था, बिमा कम्पनी, नेपाल टेलिकम लगायत ३३ वटा टिमको सहभागीता रहने कार्यक्रम संयोजक तथा नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष दिपक गौतमले जानकारी दिए । कार्यक्रमबारे जानकारी दिने उद्देश्यले आईतबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताले वित्तीय क्षेत्रका कर्मचारीहरूमाझ क्रिकेट खेलको क्रेज बढाउनुका साथै स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा रहेको गौतमले बताए । खेलकुदले आपसी भाइचारा र सम्बन्ध विस्तारमा पनि मद्दत पु¥याउने भएकाले यो प्रतियोगिता वित्तीय क्षेत्रका लागि एक महत्वपूर्ण इभेन्ट हुने उनको भनाई छ ।

उनले प्रतियोगिताका विजेता टोलीले नगद ६६ हजार ६ सय ६६ रुपैया सहित ट्रफि, मेडल र प्रमाणपत्र, उप विजेताले नगद ३३ हजार ३ सय ३३ रुपैया सहित ट्रफि र प्रमाणपत्र पाउने छन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले ७ हजार ७ सय ७७ रुपैया सहित ट्रफि र प्रमाणपत्र, उत्कृष्ट ब्याट्म्यान, उत्कृष्ट बलर र प्रतियोगिताको अनुशासित टोलीले जनही ६ हजार ६ सय ६६ रुपैया पाउने छन् । 

टुर्नामेन्टको मूख्य प्रायोजकको रुपमा सिद्धार्थ बैंक, सह प्रायोजक शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेको छ भने मिडिया पार्टनरको रुपमा राज्य टेलिभिजन रहेको छ । प्रतियोगितामा रुपन्देही क्रिकेट संघले प्राविधिक सहयोग गर्नेछ । नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल राष्ट्र बैंक सिद्धार्थनगर समितिका सचिव शिशिर शर्माको सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल राष्ट्र बैंक भैरहवाका उप निर्देशक जिवन प्रकाश पाण्डे, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष दिपक घिमिरे लगायतका उपस्थिति थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार