मुख्य समाचार
भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला | रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा | आन्तरिक क्षमतामै विश्वास गर्दै उद्धारमा अन्तरराष्ट्रिय टोली नबोलाइएको सरकारको स्पष्टोक्ति | भारतसँग जिटुजी माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गरिने | अनधिकृत रुपमा रकम सङ्कलन नगर्न प्रधानमन्त्री कार्यालयको चेतावनी | चौघेरा मठको संरक्षणमा प्रदेश सरकारको योगदान रहन्छ : मुख्यमन्त्री आचार्य | विद्युत् आपूर्ति नियमित हुँदै | मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु | राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान |

भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला

Ujyalosandeshonline 12174+ समाचार ( )
१२ भाद्र २०८३, शुक्रबार

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५४७ पुगेको छ । विभिन्न जिल्लाबाट अहिलेसम्म एक जना प्रहरीसहित ५४७ जनाको शव फेला परेको नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार रसुवामा १३, धादिङमा ४०, तनहुँमा २९, नुवाकोटमा ३८, गोरखामा ४४, चितवनमा २२१, नवलपरासीपूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म एक हजार ४७३ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाबाट ५७२, नुवाकोटबाट ८९८ र धादिङबाट तीन जना रहेका उहाँले जानकारी दिनुभयो । बाढीमा परी घाइते भएकालाई विभिन्न स्थानबाट उद्धार गरी केहीलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । प्रहरीका अनुसार काठमाडौँका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका गरी हालसम्म ९४ जना रहेका छन् ।

बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, भन्सार कार्यालय तथा अध्यागमन कार्यालयका कर्मचारीसमेत सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालय टिमुरेका १५ र अध्यागमन कार्यालय टिमुरेका चार कर्मचारी हालसम्म सम्पर्कविहीन छन् ।

बाढीमा परी सर्वसाधारणसहित हालसम्म दुई हजार ३८१ जना सम्पर्कविहीन रहेका प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत सम्बन्धित निकायका सुरक्षाकर्मीले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धारकार्य जारी राखेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार