मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

लागूऔषधविरुद्ध प्रहरीको ‘लालटिन अभियान’

Ujyalosandeshonline 11005+ समाचार ( )
९ मंगशिर २०८०, शनिबार

मुगु । लागूऔषध ओसारपोसार, व्यापार र प्रयोगलाई नियन्त्रण गरी सभ्य, शान्त र लागूऔषधमुक्त समाज बनाउन नेपाल प्रहरीले ‘लालटिन अभियान’ शुरु गरेको छ ।

युवा पुस्ता लहलहैमा र विलासी जीवन जिउन आकस्मिक आर्थिक कमाइ गरी धनी बन्ने लालचमा लागू औषधको सेवन, व्यापार र ओसारपोसार गर्दा युवा र समाज उत्पादनशील भन्दा लागू औषधको लतमा फस्दै गएको भन्दै नियन्त्रण गर्न अभियान चलाइएको हो । 

सभ्य समाज, सक्षम र सुरक्षित समाज, कानुनी राज्य बनाउने उद्देश्यले प्रहरीले विभिन्न समयमा अभियान चलाउँदै आएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयले लागूऔषधविरुद्ध लागू गरेको लालटिन कार्ययोजना–२०८० अनुसार लागूऔषध नियन्त्रण गर्न जिल्लादेखि बस्तीस्तर हुँदै क्याम्पस, विद्यालयसम्म लागू गरिने भएको छ ।

स्थानीय सरकार, नागरिक अगुवा, पत्रकार, युवा, महिला, विद्यार्थी, प्रहरी, प्रशासनको संलग्नतामा लालटिन अभियान समूह, समितिहरु बन्ने र ती समूह, समितिहरुले लागूऔषध नियन्त्रणका लागि भूमिका खेल्ने मुगुका प्रहरी नायव उपरीक्षक (डिएसपी) वीरेन्द्र थापाले बताए । 

कार्ययोजना अनुसार, जिल्ला स्तरीय लालटिन समन्वय डेस्क गठन भइसकेको छ ।

यो डेस्क प्रनाउ थापाको संयोजकत्वमा छायाँनाथ रारा नगरपालिका–१ का वडाध्यक्ष पदमराज मल्ल, कलेज विद्यालयबाट महाकाली नमुना माविका शिक्षक अर्जुन शाही, जिल्ला प्रशासन कार्यालयबाट हस्तबहादुर भाम, नागरिक अगुवाबाट रुपबहादुर मल्ल, संघ सस्थाबाट रारा छायानाथ, यातायातका सचिव सन्तोष शाही, नेपाल पत्रकार महासंघ मुगु शाखा अध्यक्ष नृपेन्द्रबहादुर मल्ल, लागू औषध सुधार केन्द्रबाट रत्नचन्द्र जैसी सदस्य र जिल्ला प्रहरी कार्यालय सामुदायिक शाखाबाट प्रकाश सिंह कार्की सदस्य सचिव छन् ।

जिल्ला समन्वय डेस्कसँगै क्रमशः पालिका, वडा, वस्ती, क्याम्पस र विद्यालयमा पनि लाल्टिन संरचना गठन गरिने छन । यो अभियान स्थानिय सरकार र प्रहरीको साझेदारी र अन्य सरोकारवालाको सहभागितामा कार्यान्वयन हुने पनि प्रनाउ थापाले बताए ।

शहरी क्षेत्र हुँदै लागूऔषध सेवन, ओसारपोसार र व्यापार दुर्गम गाउँसम्म यातायातको सुविधासँगै विस्तार हुँदै गएकाले समयमै नियन्त्रण गर्न यो अभियान चलाउनु परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार