समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : मन्त्री खड्का

Ujyalosandeshonline 11142+ समाचार ( )
११ वैशाख २०८२, बिहीबार

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार समय सापेक्षित कानुनहरु निर्माण गर्ने काममा लागिपरेको बताएका छन् । बिहीबार भविष्य निर्माणः नवप्रवर्तन, लचिलोपन र दिगो विकास कार्यक्रममा बोल्दै उनले समय सापेक्षित कानुनहरु निर्माण गर्ने र छिटोछरितो  काम गर्न उत्साहित गर्ने भनेरसरकार लागेको बताएका हुन् । 

उनले भने, ‘हामीहरु सरकारमा छौं ।समय सापेक्षित कानुनहरु निर्माण गर्ने र छिटोछरितो काम गर्न उत्साहित गर्ने भनेरसरकार लागेको अवस्था छ । त्यसका लागि कुन कानुनहरु बाधाको रुपमा देखिएको छ अनुभूति भएको कुराहरु भन्नुहोला त्यसमा संशोधन गर्नेछौं । सबै समयसापेक्षित बनाउनुपर्छ । 

त्यस्तै उनले धेरै आयोजनाहरु सुरु गरेर रोजगारी सृजना गर्ने र उद्योग धन्दाहरुलाइ चलायमान बनाउने कुरामा सरकारको ध्यान गएको पनि बताए । 

उनले भने,‘एउटा आयोजना मात्रै हामीले सुरु गर्यौं भने रोजगारीकै अवसरहरु धेरै मिल्छ । बुढी–गण्डकी आयोजना सुरु गर्यौं भने १७ हजारले रोजगारी पाउँछन् । त्यसमा ४० प्रतिशत इन्जिनियरकै आवश्यकता हुन्छ । यस्ता थुप्रै आयोजनाहरुसुरु गर्नुपर्नेछ । त्यसले राजस्व वृद्धि हुने उद्योगधन्दाहरु चलयमान हुने हुन्छ । साना पसलदेखि रोजगार सृजना हुने आयोजनाहरुमा लाग्नुपर्ने आवश्यकता छ ।’अब ढिला गर्ने छुट कसैलाई नभएको भन्दै उनले तिव्र गतिमा काम अगाडि बढाउन लाग्नुपर्ने धारणा राखे । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार