मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज

Ujyalosandeshonline 12611+ समाचार ( )
४ वैशाख २०८३, शुक्रबार

भैरहवा । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट तस्करी गरी ल्याइएका २२ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको विशेष टोलीले चेकजाँचका क्रममा २२ लाख १० हजार ९ सय रुपैयाँ बराबरको लत्ताकपडा, खाद्यान्न तथा तस्करीमा प्रयोग भएका सवारी साधन नियन्त्रणमा लिएको हो।

प्रहरीले सबैभन्दा ठूलो सफलता मायादेवी गाउँपालिका वडा नं. ६ स्थित सानो दुर्गौलियाबाट प्राप्त गरेको छ। सो स्थानबाट १३ लाख १७ हजार ४ सय रुपैयाँ बराबरका लेडिज सुट, लेहेङ्गा, कुर्ता, पेडिकोट, प्लाजो र काँचो कपडा नियन्त्रणमा लिइएको छ। सामान ओसारपसारमा प्रयोग गरिएका लु ४० प ६६५४, लु ३८ प ४१२८ र भारतीय नम्बर युपी ५६ ए इ ७९६७ का तीनवटा मोटरसाइकललाई समेत प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।

त्यस्तै, सिद्धार्थनगर नगरपालिका वडा नं. २ स्थित जंगलटोलबाट ७ लाख ६४ हजार ५ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ। भारतीय नम्बर प्लेट युपी ५६ ए यु १५७३ को मोटरसाइकलमा लुकाइछिपाइ ल्याउँदै गरिएको अवस्थामा बच्चाको चप्पल, प्युरिटो फेस क्रिम, स्विमिङ पुल र कटन प्याड फेला परेको प्रहरीले जनाएको छ। तस्करीको यो सिलसिला सिद्धार्थनगर-१ बेलहियास्थित कोठहीमाई मन्दिर नजिकै पनि देखिएको छ, जहाँ दुईवटा साइकलमा ल्याइँदै गरेको ५८ हजार रुपैयाँ बराबरको ३५० केजी केरा र कस्मेटिक सामान बरामद भएको छ।

यसैगरी, लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १२ बभईबाट प्रहरीले लु ७ प ६४४० नम्बरको मोटरसाइकलसहित २८ पिस जिउँदो बोइलर कुखुरा नियन्त्रणमा लिएको छ। बरामद गरिएका सम्पूर्ण सामान, साइकल र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि बेलहिया भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले जानकारी दिए। सीमा क्षेत्रमा हुने अवैध कारोबार रोक्न प्रहरीले पछिल्लो समय सक्रियता बढाएको उनले दाबी गरे।

प्रहरीले दैनिक जसो लाखौँको सामान बरामद गरिरहे पनि तस्करीको मुख्य जालो भने अझै तोडिन सकेको छैन। भन्सार कार्यालयले सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा पनि अनिवार्य प्रक्रिया पुर्‍याउनुपर्ने नियम कडाइका साथ लागू गरे पनि यति ठूलो परिमाणका सामानहरू मुख्य नाकाहरू पार गरेर कसरी भित्रिन्छन् भन्नेमा स्थानीयले गम्भीर प्रश्न उठाएका छन्।

सिमानाकाका एक स्थानीयले तस्करीको डरलाग्दो चित्र प्रस्तुत गर्दै भने, 'तराईमा गर्मी छ, म आँगनमा सुत्छु। जब रातको १० बज्छ, तब मोटरसाइकलमा रातभर सामान ओसारपसार हुन्छ। तस्करका मोटरसाइकलको आवाजले हामीलाई सुत्न समेत दिँदैनन्।' स्थानीयका अनुसार तस्करहरूले विशेषगरी रातको समयलाई तस्करीको 'स्वर्ण समय' बनाउने गरेका छन्। यस्ता गतिविधि रोक्न सम्बन्धित निकायले रातको समयमा गस्ती र निगरानी अझै बढाउनुपर्ने माग स्थानीय बासिन्दाको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार