मुख्य समाचार
सुनसरीको सुरक्षा स्थितिबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ | नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाको ६१औँ स्थापना दिवस मनाइयो | लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ८ मन्त्रालय कायम | १ अर्ब ८९ करोड बढीको हुन्डी कारोबार आरोपमा राजेन्द्रप्रसाद रिजाल पक्राउ | सुनसरीका १० स्थानीय तहमा तेस्रो दिन पनि कर्फ्यु जारी, जनजीवन प्रभावित | धकधईमा ‘ग्रीन रोहिणी’: वातावरण जोगाउन ४०० भन्दा बढी बिरुवा रोपी वितरण | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | मानव बेचबिखन नियन्त्रणमा सबैको सहकार्य अपरिहार्य: प्रहरी महानिरीक्षक दानबहादुर कार्की | सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनद्वारा दुःख व्यक्त, संयम र सद्भाव कायम राख्न अपिल |

रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज

Ujyalosandeshonline 11844+ समाचार ( )
४ वैशाख २०८३, शुक्रबार

भैरहवा । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट तस्करी गरी ल्याइएका २२ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको विशेष टोलीले चेकजाँचका क्रममा २२ लाख १० हजार ९ सय रुपैयाँ बराबरको लत्ताकपडा, खाद्यान्न तथा तस्करीमा प्रयोग भएका सवारी साधन नियन्त्रणमा लिएको हो।

प्रहरीले सबैभन्दा ठूलो सफलता मायादेवी गाउँपालिका वडा नं. ६ स्थित सानो दुर्गौलियाबाट प्राप्त गरेको छ। सो स्थानबाट १३ लाख १७ हजार ४ सय रुपैयाँ बराबरका लेडिज सुट, लेहेङ्गा, कुर्ता, पेडिकोट, प्लाजो र काँचो कपडा नियन्त्रणमा लिइएको छ। सामान ओसारपसारमा प्रयोग गरिएका लु ४० प ६६५४, लु ३८ प ४१२८ र भारतीय नम्बर युपी ५६ ए इ ७९६७ का तीनवटा मोटरसाइकललाई समेत प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।

त्यस्तै, सिद्धार्थनगर नगरपालिका वडा नं. २ स्थित जंगलटोलबाट ७ लाख ६४ हजार ५ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ। भारतीय नम्बर प्लेट युपी ५६ ए यु १५७३ को मोटरसाइकलमा लुकाइछिपाइ ल्याउँदै गरिएको अवस्थामा बच्चाको चप्पल, प्युरिटो फेस क्रिम, स्विमिङ पुल र कटन प्याड फेला परेको प्रहरीले जनाएको छ। तस्करीको यो सिलसिला सिद्धार्थनगर-१ बेलहियास्थित कोठहीमाई मन्दिर नजिकै पनि देखिएको छ, जहाँ दुईवटा साइकलमा ल्याइँदै गरेको ५८ हजार रुपैयाँ बराबरको ३५० केजी केरा र कस्मेटिक सामान बरामद भएको छ।

यसैगरी, लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १२ बभईबाट प्रहरीले लु ७ प ६४४० नम्बरको मोटरसाइकलसहित २८ पिस जिउँदो बोइलर कुखुरा नियन्त्रणमा लिएको छ। बरामद गरिएका सम्पूर्ण सामान, साइकल र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि बेलहिया भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले जानकारी दिए। सीमा क्षेत्रमा हुने अवैध कारोबार रोक्न प्रहरीले पछिल्लो समय सक्रियता बढाएको उनले दाबी गरे।

प्रहरीले दैनिक जसो लाखौँको सामान बरामद गरिरहे पनि तस्करीको मुख्य जालो भने अझै तोडिन सकेको छैन। भन्सार कार्यालयले सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा पनि अनिवार्य प्रक्रिया पुर्‍याउनुपर्ने नियम कडाइका साथ लागू गरे पनि यति ठूलो परिमाणका सामानहरू मुख्य नाकाहरू पार गरेर कसरी भित्रिन्छन् भन्नेमा स्थानीयले गम्भीर प्रश्न उठाएका छन्।

सिमानाकाका एक स्थानीयले तस्करीको डरलाग्दो चित्र प्रस्तुत गर्दै भने, 'तराईमा गर्मी छ, म आँगनमा सुत्छु। जब रातको १० बज्छ, तब मोटरसाइकलमा रातभर सामान ओसारपसार हुन्छ। तस्करका मोटरसाइकलको आवाजले हामीलाई सुत्न समेत दिँदैनन्।' स्थानीयका अनुसार तस्करहरूले विशेषगरी रातको समयलाई तस्करीको 'स्वर्ण समय' बनाउने गरेका छन्। यस्ता गतिविधि रोक्न सम्बन्धित निकायले रातको समयमा गस्ती र निगरानी अझै बढाउनुपर्ने माग स्थानीय बासिन्दाको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार