मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

ओमसतिया अध्यक्ष यादवको पहलमा धकधई–खैरहनी सडकको अवरोध हट्यो, मंसिर ७ देखि काम सुरु हुने

Ujyalosandeshonline 12441+ समाचार ( )
५ मंगशिर २०८२, शुक्रबार

भैरहवा । रुपन्देहीको धकधई–खैरहनी सडक खण्डमा निर्माण कम्पनीको लापरवाहीका कारण स्थानीयले गरेको सडक अवरोध ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवको तत्काल सक्रियता र पहलमा हटेको छ । सडक निर्माणको जिम्मा पाएको निमा कन्स्ट्रक्सन प्रा. लि.ले काम अलपत्र पारेको र धुलो नियन्त्रणमा चासो नदिएको भन्दै ओमसतिया–६ नरैनापुरका स्थानीय युवाहरूले आवतजावत ठप्प पारेका थिए । स्थानीयको समस्या र आन्दोलनको जानकारी पाउनासाथ अध्यक्ष यादव प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी र प्रहरी टोलीसहित घटनास्थल पुगी निर्माण व्यवसायी र आन्दोलनरत पक्षबीच प्रत्यक्ष वार्ता गराएका थिए ।

अध्यक्ष यादवको कडा निर्देशन र सहजीकरणपछि निर्माण कम्पनीले आफ्नो गल्ती स्वीकार गर्दै तत्काल काम अघि बढाउने प्रतिबद्धता जनाएको छ । दुई पक्षबीच भएको सहमति अनुसार यही मंसिर ७ गतेदेखि सडक निर्माणको काम निरन्तर सुचारु गरिनेछ भने धुलो नियन्त्रणका लागि दैनिक पानी हालिनेछ । साथै, शंकरपुरदेखि मझौलीसम्मको खण्ड आगामी दुई महिनाभित्र र मझौलीदेखि धकधईसम्मको खण्ड चैत्र मसान्तसम्म कालोपत्रे सम्पन्न गर्ने सहमति भएपछि स्थानीयले सडक अवरोध खोलेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार