मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

पाल्पामा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

Ujyalosandeshonline 12461+ समाचार ( )
७ अशोज २०८२, मङ्गलबार

पाल्पा । नेपालीहरूको महान चाड बडादशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै पाल्पा जिल्लामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। यात्रुहरूलाई यात्राका क्रममा आइपर्ने सम्भावित समस्याहरू समाधान गर्नका लागि यो पहल गरिएको हो । जिल्ला प्रहरी कार्यालय, पाल्पाको समन्वयमा रामपुर नगरपालिका वडा नम्बर ५, बेझाड बजारस्थित प्रहरी बिटमा र तिनाउ गाउँपालिका वडा नम्बर ३, दोभानमा यात्रु सहायता कक्ष स्थापना कार्यक्रम सम्पन्न भएको छ ।

चाडपर्वको समयमा सार्वजनिक यातायातमा अत्यधिक भीडभाड हुने र यसबाट यात्रुहरूलाई विभिन्न समस्याहरू आइपर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै यी सहायता कक्षहरू स्थापना गरिएको हो। यसबाट यात्रुहरूले टिकटको सहज उपलब्धता, भाडादरमा हुने ठगी नियन्त्रण, सुरक्षित यात्रा सुनिश्चितता, हराएका सामानहरूको खोजी तथा अन्य आवश्यक सूचना र सहयोग प्राप्त गर्न सक्नेछन् ।

जिल्ला प्रशासन कार्यालय, पाल्पा र स्थानीय तहको सहकार्यमा सञ्चालन गरिएका यी सहायता कक्षहरूले चाडपर्वमा घर जाने तथा फर्कने यात्रुहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। सुरक्षाकर्मीहरू सहित स्वयम्सेवकहरू पनि यी कक्षहरूमा खटिएका छन् ताकि यात्रुहरूले कुनै पनि समस्या परेको खण्डमा तत्काल सहयोग पाउन सकून् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार