सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ

Ujyalosandeshonline 12331+ समाचार ( )
१३ श्रावण २०८३, बुधवार

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ गाङखेलबाट सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले ठूलो परिमाणको लागुऔषधसहित तीन जनालाई मङ्गलबार नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा भारतका २६ वर्षीय राकेश कुमार शाह, बारा कलैयाका २१ वर्षीय नौसाद अन्सारी र ओखलढुङ्गाका २४ वर्षीय दिपक राई रहेका छन् ।

भारतबाट ल्याएर नेपालमा लागुऔषध बेचबिखन भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।उनीहरूको साथबाट एक लाख २० हजार क्याप्सुल डामाडोल, एउटा हात्ती गाडी, एउटा मोटरसाइकल, तीन थान मोबाइल र नगद बरामद गरिएको छ। पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार