मुख्य समाचार
धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ |

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षहरुले लगाए ताला

Ujyalosandeshonline 11874+ समाचार ( )
३० श्रावण २०८२, बिहीबार

मुगु । छायाँनाथ रारा नगरपालिकाका वडा अध्यक्षहरूले मेयर बिष्णु कुमार भाम माथि बजेट सभामा छलकपट गरी बिभिन्न निर्णय गरेको आरोप लगाउँदै नगर प्रमुख ,उपप्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । उनीहरुले प्रमुख प्रशासकिय अधिकृतलगायत सबै शाखा प्रमुखका कार्यकक्षमा तालाबन्दी गरेपछि नगरपालिकामा सेवा लिन आएको सेवाग्राही मर्कामा परेका छन् ।

आर्थिक वर्ष ०८२÷०८३ को १७ औं बजेट सभामा कर्मचारीको करार नियुक्त, चोकहरुको नामाकरणलगाएत अन्य बिभिन्न निर्णय कुनै जानकारी नगरी छलकपटपूर्वक सभा सम्पन्न गरेको भन्दै १४ वडा मध्ये ११ जना वडा अध्यक्षहरूले कार्यालयमा तालाबन्दी गरेका हुन् ।

तीन जना वडा अध्यक्ष जिल्ला बाहिर रहेका कारण तालाबन्दीमा सहभागी हुन पाएनन् । वडा अध्यक्षहरूले स्थानीय सरकार सभा सञ्चालन कार्यविधि २०७४ को प्रावधान उल्लंघन भएको दाबी गरेका छन् ।

साथै, अन्य पालिकामा सरुवा भएका वडा सचिवहरूको स्थानान्तरणमा मिलेमतो गरेको, सामाजिक सुरक्षा भत्ता वितरण र दैनिक कामकाज प्रभावित पारेको र करार कर्मचारीको व्यवस्था नगरेकाले नगर प्रमुख तालाबन्दी गरिएको वडा अध्यक्ष कर्ण बहादुर रावलले बताए । यस्तै गरी नगर सभाबाट नगरसभाका पदाधीकारीहरुलाई जानकारी नगरी सुटुक्क चोरी काम गरेको वडा नम्बर २ का वडा अध्यक्ष परेकराज चौलागाईले बताए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार