मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

‘चीन र भारतको आर्थिक विकास र स्थिरताबाट नेपालले सिक्नुपर्छ’

Ujyalosandeshonline 12437+ समाचार ( )
२ वैशाख २०८१, आइतबार

काठमाडौं । पूर्वअर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनीले सबैलाई समेट्ने र सबैलाई मिलाएर लैजाने नेतृत्व आवश्यक रहेको बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित स्वर्गीय सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको कार्यक्रममा लोहनीले स्व.थापा उदार, कसैप्रति पनि पूर्वाग्रह नराख्ने, आफ्नो आचोलना गर्नेसँग पनि नजिक भएर मिलेर काम गर्न सक्ने खुबी भएको स्मरण गर्दै अहिले देशमा सबैलाई समेटेर लैजाने परिस्थितिको आवश्यकता रहेको औंलयाए ।

उनले उदयमान अर्थतन्त्रका दुई देश चीन र भारतबाट आर्थिक विकास र राजनीतिक स्थिरतालाई सिकेर नेपालले काम गर्न आवश्यक रहेको बताए। 

उनले भने, ‘मलाई लाग्छ अहिले देशमा पूर्वाग्रह नराख्ने, सबैलाई समेटेर लिने, सबैलाई मिलेर लैजाने एउटा परिस्थिति र संस्कृतिको आवश्यक छ ।’ 

उनले थपे, ‘एकातिर चीन छ, एकातिर भारत छ । दुईवटा देशमा तीन कुराको समानता छ । एउटा समानता भनेको दुईवटै देशमा पोलिटिकल स्टाबलिटी छ । भारतमा १० वर्ष भयो, एउटा पार्टीले मेजोरिटी लिएर शासन गरेको । मान्छेमा आशा जगाउन सकेको छ । चाइना आफैं पनि विश्व शक्ति भयौं भनेर आएको छ र त्यहाँ राजनीतिक स्थिरता छ । यी दुवै देशमा आर्थिक विकास तिव्र रुपमा भएको छ । र तेस्रो भनेको दुवै देशमा राष्ट्रियता असाध्यै बलियो रुपमा आएको छ ।’

लोहनीले नेपालको राजनीतिक रुपमा अस्थिर, आर्थिक रुपमा कमजोर र आफ्नो राष्ट्रिय हितको पक्षमा खुट्टा कमाउने स्थितिमा पुगिरहेको बताए ।

उनले एकले अर्कालाई आलोचना गर्ने भन्दा कसैले कसैलाई निषेध नगरी देशमा राजनीतिक स्थिरता र आर्थिक विकासको नयाँ राजमार्गको परिकल्पनामा सबैको सहमति हुनुपर्ने आवश्यकता औंल्याए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार