मुख्य समाचार
सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता | सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेट हुँदै | पर्सा जिल्ला अदालतद्वारा वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश | सभापति लामिछाने र अध्यक्ष नवीनबीच भेटवार्ता : राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल | पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते | सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने | हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै | तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ | सभापति लामिछानेलाई भाजपाका महासचिव सिंहद्वारा स्वागत | कन्याममा पर्यटक |

मकवानपुर आगलागी, करिब दुई करोडको धनमाल नष्ट

Ujyalosandeshonline 11437+ समाचार ( )
२१ भाद्र २०८२, शनिबार

मकवानपुर  । मकवानपुरको पूर्वी  बकैया गाउँपालिका–५, गरगरेमा शुक्रबार बिहान भएको भीषण आगलागीमा करिब दुई करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार स्थानीय लिलाराम जिम्बाको दुईतले पक्की घरमा रहेको किराना पसलमा बिहान करिब ७ः४५ बजे आगलागी भएको हो।

पसल सञ्चालक गम्भीर घाइते

आगलागीमा पसल सञ्चालक ४५ वर्षीय लिलाराम जिम्बा गम्भीर घाइते भएका छन् । आगो निभाउने क्रममा उनको दुवै हात र खुट्टा जलेको प्रहरीले जनाएको छ।

हेटौँडा अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई चुरेहिल अस्पताल हुँदै कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको छ। जिम्बाको शरीरको करिब ४० प्रतिशत भाग जलेको र अवस्था मध्यम रहेको प्रवक्ता अर्यालले जानकारी दिए ।

कसरी भयो आगलागी ?

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घर अगाडि बालेको दियोबाट पेट्रोलमा आगो सल्किँदा दुर्घटना भएको देखिएको छ। पसल सञ्चालकले पेट्रोलको ड्रमबाट तेल खन्याउने क्रममा ड्रम पल्टिएपछि आगो तीव्र गतिमा फैलिएको बुझिएको छ ।

दुई घण्टापछि नियन्त्रण

दमकल, प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो। तर यसअघि नै जिम्बाको दुईतले घर पूर्ण रूपमा जलेको थियो ।

करिब १५ लाख रुपैयाँ नगद, ३० थान ग्यास सिलिन्डर, पेट्रोल, डिजेल, खाद्यान्न, लत्ताकपडा, फर्निचर र पसलका सामानहरु आगलागीमा जलेर नष्ट भएको छ । 

यस्तै, घटनामा जिम्बाकै बा.प्र.०३–००६ प १८९७ नम्बरको पल्सर मोटरसाइकल जलेको छ भने पसलमा सामान किन्न आएका स्थानीय नारायणबहादुर स्याङ्तानको ना ४९ प १३ नम्बरको पल्सर मोटरसाइकल समेत जलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सम्पूर्ण क्षतिको मूल्याङ्कन गर्दा करिब दुई करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार