मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

ओलम्पिक कमिटीलाई सदस्यता प्रदान गर्न खेल संघहरुको माग

Ujyalosandeshonline 12547+ समाचार ( )
१६ मंगशिर २०८१, आइतबार

काठमाडौं । विभिन्न खेल संघहरुले नेपालको कानुन अनुसार र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको चार्टर अनुसार नेपाल ओलम्पिक कमिटीको सदस्य बन्न योग्य भएपनि नेपाल ओलम्पिक कमिटीले सदस्यता नदिएको बताएको छ । 

आइतबार पत्रकार सम्मेलन गर्दैै नेपाल घोडचढी संघ, नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिङ्ग संघ, नेपाल बेसबल तथा सफ्टबल संघ, नेपाल क्लाइबिङ स्पोर्ट्स संघ, नेपाल रग्वी संघ र नेपाल आईस हक्की संघले नेपाल ओलम्पिक कमिटीले सदस्यता नदिएको जनाएको हो ।

उनीहरुले खेलकुद विकास ऐन २०७७ को धारा १८ को परिच्छेद ८ बमोजिम नेपाल ओलम्पिक कमिटीको सदस्य बन्न योग्य रहेको जिकीर गरेका छन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको चार्टरको धारा २८ को उपधारा १ र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट स्वीकृत नेपाल ओलम्पिक कमिटीको विधान – २०७६ को धारा १० को उपधारा २ बमोजिम पनि सदस्य बन्न योग्य रहे पनि नेपाल ओलम्पिक कमिटीले सदस्यता नदिएको आरोप लगाएका छन्   । 

यसरी आवेदन दिंदा पनि आफूहरुले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको वडापत्र, राष्ट्रिय ओलम्पीक कमिटीको विधान अनुरुपका वार्षिक रुपमा खेल खेलिनुपर्ने खेल तथा अन्तर्राष्ट्रिय महासंघको आवद्धतासहित पेश गरेको भएपनि अहिलेसम्म सदस्यता पनि नदिएको बताए ।

साथै नेपाल रग्बि संघ, नेपाल घोडचढी संघ, नेपाल स्केटिङ तथा स्केडबोर्डिङ संघ र नेपाल बेसबल तथा सफ्टबल संघले संयुक्त रुपमा उच्च अदालत पाटनमा २०८० कार्तिक ४ गते सदस्यता पाउन परमादेश माग गर्दै मुद्दामा समेत गएको जनाएको छ ।

उनीहरुले नेपाली खेलकुदमा भइरहेको बेथिति र अन्यायविरुद्ध एकताबद्ध रहि नेपालको कानुन र अन्तर्राष्ट्रिय ओलम्पिकको चार्टरको अधिनमा रहि नेपालको ओलम्पिक मुभमेन्टलाई थप मजबुत र व्यवस्थित बनाउन प्रतिबद्धता समेत जाहेर गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार