मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

भियतनामः वित्तिय कानून उल्लंघन गर्दा मृत्युदण्ड

Ujyalosandeshonline 11768+ समाचार ( )
२९ चैत्र २०८०, बिहीबार

काठमाडौं । भियतनामकी एक रियल इस्टेट टाइकुनलाई वित्तिय कानूनको अवज्ञा गरेको अभियोगमा मृत्युदण्ड दिईएको छ । रियल इस्टेट टाइकुन ट्रुङ माई ल्यान नामकी महिला व्यवसायीलाई उनले साढे १२ अर्ब अमेरिकी डलर अर्थात् भियतनामी मुद्रा ३०४ ट्रिलियन–डोङ अपचलन हुनेगरी वित्तिय कानूनको अवज्ञा गरेको अभियोगमा त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।

यो घटना भियतनामको इतिहासमै सबैभन्दा ठूलो हो भनेर स्थानीय सञ्चारमाध्यमहरुले महत्वपूर्ण स्थान दिएका छन् । ती महिला व्यवसायीको मुद्दाको सुनुवाई गत मार्च ६ मा सुरु भएको थियो र यो अनुमानित समयभन्दा धेरै अघि नै फैसला भयो भनेर समाचारमा उल्लेख गरिएको छ । यसलाई भ्रष्टाचार विरुद्धको अभियानको एक नाटकीय नतिजा थियो भन्दै सत्तारुढ कम्युनिष्ट पार्टीका नेता न्गुएन फु ट्रोङले आलोचनात्मक प्रक्रिया दिएका छन् ।

रियल इस्टेट व्यवसायका अग्रणी मानिने ती व्यवसायीको व्यापारिक कम्पनी भान थिन्ह फाट होल्डिङ्स ग्रुपकी उनी अध्यक्ष थिईन् । उनलाई हो ची मिन्ह सिटीको व्यापारिक केन्द्रमा भएको सुनुवाइको अन्त्यमा घोटाला, घूसखोरी र बैंकिङ नियमहरूको उल्लङ्घन गरेको आरोपमा दोषी पाइएपछि मुद्दा चलाईएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार