मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

विद्यालय खोल्न स्थानीय सरकारको निर्देशन

Ujyalosandeshonline 12461+ समाचार ( )
१७ वैशाख २०८२, बुधवार

सुर्खेत । कर्णालीका स्थानीय सरकारले शिक्षण संस्था सञ्चालन गर्न निर्देशन दिएका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र चिङ्गाड गाउँपालिकाले लामो समय बन्दका कारण शैक्षिक गतिविधी ठप्प भएको भन्दै विद्यालय खुलाउन निर्देशन दिएका छन् । 

शिक्षकका जायज माग पुरा गराउन आन्दोलनका वैकल्पिक गतिविधी सञ्चालन गरी विद्यालय खुलाउन उनीहरुले आग्रह गरेका छन् ।  वीरेन्द्रनगर नगरपालिकाले सूचना प्रकाशित गरी लामो समयदेखि शैक्षिक गतिविधि प्रभावित भई बालबालिकाको पढ्न पाउने अधिकारबाट बञ्चित भएकोले विद्यालय नियमित रुपमा सञ्चालन गर्न निर्देशन दिएको छ  । 

नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा शैक्षिक गुणस्तर सुधारका लागी स्थानीय सरकार प्रत्यत्नशील रहँदै आएको र लामो समयको विद्यालय बन्दले पठनपाठन ठप्प भएको भन्दै विद्यालय खुलाउन नगरपालिका शिक्षक महासंघलाई आग्रह गरेको छ । 

शिक्षकका जायज तथा संविधानसम्मत मागहरूको सम्बोधन गराउनका लागी वैकल्पिक तवरले उठान गर्न निर्देशन दिएको नगरपालिका शिक्षा शाखा प्रमुख धिरेन्द्रप्रसाद शर्माले बताए । ‘शिक्षकका जायज माग पूरा गर्न नेपाल सरकारलाई अनुरोध गरेका छौं’ शर्माले भने, ‘सम्पूर्ण विद्यालय शैक्षिक सत्र २०८२ को भर्ना अभियान, पाठ्यपुस्तक वितरण, शैक्षिक तथा प्रशासनिक कार्यहरू तत्काल सञ्चालन गर्न निर्देशन दिएका छौं ।’ 

बैशाख १७ गतेदेखि नियमित रुपमा विद्यालयहरूमा पठनपाठन कार्य सुचारु गर्न गराउन हुन सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघलगायत सम्बन्ध पक्ष सबैमा आवश्यक समन्वय, सहजीकरण तथा सहकार्यका लागि अनुरोध गरिएको उनले बताए । 

चिङ्गाड गाउँपालिकाले पनि विद्यालय सञ्चालनका गर्नका लागि शिक्षक तथा कर्मचारीलाई निर्देशन दिएको छ । शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियानको अवधि सकिँदा समेत विद्यालयमा पठनपाठन हुन नसक्दा त्यसले पार्ने प्रभावलाई मध्यनजर गरी विद्यालय खोल्न अनुरोध गरिएको गाउँपालिका अध्यक्ष तथा शिक्षा समितिका अध्यक्ष बोधबिक्रम जिसीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार