मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

राष्ट्रियतामा नयाँ ढंगको जोखिम छ : एमाले उपमहासचिव ज्ञवाली

Ujyalosandeshonline 11768+ समाचार ( )
१८ पौष २०८०, बुधवार

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकार प्रमुखहरु सत्ताको लागि आफ्नो हितलाई, राष्ट्रिय हित भनेर अप व्याख्या गर्दै आएको बताएका छन् । 

४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा बुधबार आयोजित ‘राष्ट्रिय एकता तथा मेलमिलापको सान्दर्भिकता’ विषयको विचार गोष्ठीमा उनले राष्ट्रियतामा नयाँ ढंगको जोखिम रहिरहेकाले राष्ट्रिय एकता सान्दर्भिक रहेको बताए । 

उनले भने, ‘नेताहरु कतिपय सरकार प्रमुखहरु सत्ता टिकाउनका लागि आफ्नो हितलाई राष्ट्रिय हित भनेर अपव्याख्या गर्दै गइरहेको अवस्था छ । हाम्रो राष्ट्रियतामा नयाँ ढंगको जोखिम छ ।’ 

राष्ट्रिय एकता र मेलमिलाप राष्ट्रको लागि केही गरौं, भन्ने सोचका साथ हुनुपर्ने भन्दै राजनीतिलाई जनताको हितमा केन्द्रीत गर्ने कुरामा सकारात्मक एकता जरुरी भएको उनको भनाइ छ । 

यस्तै, उनले जसरी तीव्र रुपमा भूराजनीतिक परिवर्तनहरु आइरहेको यस्तो अवस्थामा ध्यान दिएर कदम चाल्नुपर्ने बताए ।  उनले भने, ‘राष्ट्रियताको बारेमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाभिमानमाथि कहाँ जोखिम होला र भन्ने लाग्न सक्छ, तर जसरी तीव्र रुपमा भूराजनीतिक परिवर्तनहरु आइरहेको छ । अमेरिका युरोपले नेतृत्व गरेको एउटा सत्ता भत्किदै छ । चीन, भारत, जस्ता नयाँ शक्तिहरु उदाइरहेका छन् । त्यो तनाव नेपालजस्ता देशहरुमाथि परिरहेको छ । यस्तो अवस्थामा ध्यान दिएर कदम चाल्नुपर्ने छ ।’ 

उक्त कार्यक्रममा पूर्व राजदूत जयराज आचार्यले राष्ट्रिय मेलमिलाप र गठबन्धन  फरक विषय भएको भन्दै गठबन्धन सत्ता र मन्त्रीमण्डलको लागि मात्रै भएको बताए । उनले भने, ‘राष्ट्रिय मेलमिलाप भनेको र गठबन्धन भनेको कुरा फरक हो । अहिले गठबन्धन छ, राष्ट्रिय मेलमिलाप छैन । गठबन्धन के को लागि छ सत्ताको लागि, मन्त्रीमण्डलको लागि छ, राष्ट्रको लागि होइन, सबैभन्दा दुर्भाग्य कुरा यही छ । अहिले मुद्दा सत्ताको, पदको छ ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार