मुख्य समाचार
आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए |

वार्षिकोत्सवको तयारीमा मधेश प्रदेश सभा, संघीयतामाथि प्रश्न जीवितै

Ujyalosandeshonline 12347+ समाचार ( )
२० माघ २०८१, आइतबार

जनकपुर । मधेश प्रदेश सभाको सातौं वार्षिक उत्सव मनाउने तयारी थालिएको छ । मधेश प्रदेश सभा गठन भएको सात वर्ष पुग्न लागेको अवसरमा माघ २१ गते विभिन्न कार्यक्रम गरी सातौं वार्षिक उत्सव मनाउन लागिएको हो । वार्षिकोत्सवको तयारीलाई तिब्रता दिइएको छ । 

वार्षिकोत्सवको तयारी हुदैँ गर्दा के मधेश प्रदेश र प्रदेशवासीले संघीयताको अनुभव गर्न सकेको छ, प्रदेश संरचना निर्माण भएपछिको उपलब्धी के के हुन, अरु के गर्न बाँकी छ भन्ने प्रश्नहरुको उत्तर पाउन मुस्किल छ । सांसद राम आशिष यादवले वर्तमान सरकारले गर्दा मधेश प्रदेशमा अहिले संघीयतामाथि प्रश्न उठिरहेको बताएका छन् । 

उनले भने, ‘जसरी प्रदेशका गौरवका योजनाहरु अन्तरगतका कार्यक्रमहरुलाई सरकारले राम्रोसँग चलाउन सकेन भएको विश्वविद्यालयलाई पनि गुणस्तर बनाउन सकिरहेको छैन् । भनेपछि वर्तमान सरकारले गर्दा मधेश प्रदेशमा अहिले संघीयता माथि प्रश्न उठिरहेको छ । किनभने भएको ऐनलाई कार्यान्वयन गर्न त सक्नुपर्यो नि ।’ 

यसको साथै, अर्का सांसद भरत साहले संघीयतालाई व्यवस्थित गर्नको लागि ठूला दलहरु र उसका नेताहरु वेइमान रहेको बताए । उनले भने, ‘संघीयतालाई व्यवस्थित गर्नको लागि ठूला दलहरु वेइमान छन् । उसका नेताहरु वेइमान छन् । अझैपनि देशमा अर्को ठूलो महत्वपूर्ण आन्दोलन र परिवर्तन भएन भने महत्वपूर्ण अधिकारहरु दिने पक्षमा छैनन् ।’ 

संघीयता आएको सात वर्ष पूरा भइसक्दा केही काम भएको छैन् भन्न नमिल्ने सांसद रुपा यादव बताउँछिन् । उनले समग्रमा काम भएको र बाँकी कामका लागि नीति नियम बन्दै गरेको पनि बताइन् ।

उनले भनिन्, ‘संघीयता आएको सात वर्ष पूरा भइसक्यो । सात वर्षमा काम भएको छैन भन्ने पनि होइन तर जति हुनुपर्ने हो त्यो भन्दा कम भएको हो । यसमा कसरी सुधार गर्न सकिन्छ भन्ने कुरा सरकारले पनि हेर्नुपर्ने हुन्छ । समग्रमा काम भएको छ । यसको लागि नीति नियम बन्दैछ, विस्तारै हुन्छ होला ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार