मुख्य समाचार
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका नवनिर्वाचित सदस्यहरूले लिए शपथ | मेयर शाह र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँको नेतृत्वमम मैत्रीपूर्ण फुटबल सम्पन्न | ‘वायु प्रदुषणको श्रोत पहिचान गरी त्यसको नियन्त्रण गर्न आवश्यक’ | साइबर अपराधमा दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश | सरकारमा गएका मन्त्रीहरुको पद सुरक्षित छैन : मन्त्री यादव | एसिया कप खेल्ने महिला यु–१९ टिमको बिदाई | तीनै तहको सरकारलाई समान अधिकार दिइएको छ : गृहमन्त्री लेखक | स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटः लीलाराम र न्यु इरालाई सफलता | सिद्धार्थनगरमा एडीवीको तेस्रो योजना लागू, नगरपालिका र निमार्ण व्यवसायीबीच सम्झौता | टस जितेर ब्याटिङ गर्दै विराटनगर |

मुगुमा ३१ सय मेट्रिक टन स्याउ उत्पादन

Ujyalosandeshonline 4968+ समाचार ( )
२९ जेठ २०८१, मङ्गलबार

मुगु । हिमाली जिल्ला मुगुमा चालु आर्थिक वर्षमा तीन हजार एक सय १३ मेट्रिक टन स्याउ उत्पादन भएको छ । सो मध्ये १ सय ३५ मेट्रिक टन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ भने बाँकी मुगुमै खपत भएको छ । 

मुगुका चारवटै स्थानीय तहमा रहेको स्याउ पकेट क्षेत्र छाँयानाथ रारा नगरपालिकाका बाम, रोवा, सोभा, घट्खोला, पिना, ताल्चा, कालापाल्त, लामाचौर, सोरु गाउँपालिकाको सोरुकोट, कालै, बुम्च, खत्याड गाउँपालिकाको सेरी, जाम, खमाले, कवा, कोटीला तथा मुगमकार्मा रोङ गाउँपालिकाको  चिमाथ, पापु, माग्री लगायतका स्थानमा चारसय ५५ हेक्टर क्षेत्रफलमा कृषकले स्याउ खेती गरेका थिए । 

जिल्ला भित्र उत्पादित स्याउ सरदर प्रतिकेजी ३५ रुपैयाँका दरले विक्री वितरण भएको थियो । २०८०÷८१ मा स्याउ विक्रीबाट जिल्लामा ४७ लाख २५ हजार भित्रिएको प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजनाका परियोजना कार्यान्वयन इकाइ कार्यालयका प्रमुख तेजविक्रम मल्लले जानकारी दिए । 

‘गएको भदौ–असोज महिनामा मात्र स्याउ र स्याउका चाना विक्री गरेर दुई लाख ५० हजार बढी आम्दानी गरें । मुख्य पेशा नै यही भएकाले जीविका यसैबाट चल्छ । अहिले स्याउ खरिदको लागि बगैँचामा नै व्यापारी आउने गरेका छन् । कर्णाली राजमार्गको नाग्मा गमगढीको सडक खण्ड नियमित सुचारु हुँदा रारा आउने पर्यटकले समेत बोटबाटै स्याउ किनेर लैजान्छन’ छाँयानाथ रारा नगरपालिका–५ ताल्चाका कृषक हरी बहादुर रोकायाले भने । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार