मुख्य समाचार
एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन | मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्ने | लुम्बिनीबाट निग्रोधारामसम्म थाई भिक्षुहरूको शान्ति पैदलयात्रा | कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग | दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त | डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन | भैरहवामा महोत्सवको लहर, प्रदर्शनीस्थलको अभाव |

मापदण्डअनुसार राहत र निःशुल्क उपचार गर्न निर्देशन

Ujyalosandeshonline 12532+ समाचार ( )
१९ अशोज २०८२, आइतबार

काठमाडौं । देशभर जारी लगातारको भारी वर्षाका कारण उत्पन्न मनसुनजन्य विपद्को प्रभाव न्यूनीकरण गर्न मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक आइतबार बसेको छ । बैठकले विपद् व्यवस्थापन तथा प्रतिकार्यका लागि आठ वटा महत्वपूर्ण निर्णयहरू गरेको छ ।

असोज १७ देखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षा र त्यसबाट भएका जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बैठकले मृतकप्रति श्रद्धाञ्जली तथा पीडित परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।

प्रतिकार्य कमाण्ड पोष्ट बैठकले स्थानीय तहसँग समन्वय गरी मृतकका परिवारलाई मापदण्डअनुसार राहत उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिने निर्णय गरेको छ ।

मनसुनजन्य विपद्बाट प्रभावित व्यक्तिहरुको खोज, उद्धार, राहत र पुनस्र्थापनाका कार्यलाई निरन्तरता दिने निर्णयसँगै प्रारम्भिक क्षति विवरण संकलन गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउन समेत सम्बन्धित निकायहरूलाई आग्रह गरिएको छ । सडक, खानेपानी, विद्युत्, सञ्चारलगायत अत्यावश्यक सेवा पुनः सञ्चालन गर्न सम्बन्धित निकायहरूलाई तत्काल कदम चाल्न निर्देशन दिइएको छ ।

यस्तै, जोखिमयुक्त सडकमा रात्रीकालीन बस सेवा तत्काल बन्द गर्न र अत्यावश्यक सेवाका सवारी साधनको आवागमन स्थानीय प्रशासनको सिफारिसमा सञ्चालन गर्न सकिने निर्णय गरिएको छ । बैठकले विपद्‌ व्यवस्थापनमा सक्रिय सुरक्षाकर्मी, जनप्रतिनिधि, स्वयंसेवक, गैरसरकारी संस्था, सञ्चारकर्मी तथा जनसमुदायप्रति आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार