मुख्य समाचार
प्रहरी निरीक्षक दिपक कुँवर 'महिनाको उत्कृष्ट प्रहरी' घोषित | बुटवलमा एक हजार १५७ परिवारलाई लालपुर्जा वितरण गरिँदै | प्रहरीको तल्लो तहका कर्मचारीको गुनासो सुन्न केन्द्रीय डेस्कको शुभारम्भ | गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड विस्तारको ठेक्का सम्झौता सम्पन्न | कात्तिकमा पाल्पा प्रहरीको विवरण: १५ मुद्दा दर्ता, सवारी दुर्घटनामा एकको मृत्यु | हुम्लाको विकास सपना साकार हुँदै : ३९ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता | प्रधानमन्त्री शाह र नवनियुक्त भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट | प्रहरी युक्ति तालिम महाविद्यालयमा कारागार सुरक्षासम्बन्धी प्रशिक्षण सम्पन्न | पाँच अर्ब ८८ करोड हिनामिना प्रकरण : बराह सहकारीका मुख्य योजनाकार सीआईबीको फन्दामा | रुपन्देहीमा २१ लाख बढीको अवैध सामान र बोलेरो गाडी बरामद |

प्रधानमन्त्री कप क्रिकेट : मधेश प्रदेश विजयी

Ujyalosandeshonline 12696+ समाचार ( )
६ माघ २०८०, शनिबार

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा मधेशले कर्णालीलाई ६१ रनले पराजित गरेको हो ।

मधेश प्रदेशले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ९ विकेट गुमाएर २३१ रन बनाएको थियो । जवाफमा ४१.१ ओभरमा सवै विकेट गुमाएर कर्णालीले १७० रनमात्रै बनाउन सक्यो । पहिला ब्याटिङ गर्दा मधेश प्रदेशका लागि २ जना खेलाडीले अर्धशतक प्रहार गर्दा अरुको पनि प्रदर्शन मध्यम थियो । ओपनर तथा कप्तान हरिशंकर साहले ५० रन बनाउँदा मयन यादवले पनि ५० रनकै अर्धशतकीय पारि खेले । यसैगरी अनिल साहले ४४ रन बनाउँदा अभिषेक तिवारीले ३४ रन जोडेका थिए । यस्तै पवन शर्राफ, राजेश यादव र प्रदीप पासवानले समान ११–११ रन बनाए । यसैगरी राहुल मण्डलको ब्याटबाट १० रन बन्यो ।

बलिङतर्फ कर्णाली प्रदेशका लागि दीपेन्द्र रावतले ४ विकेट लिँदा अनुज चनाराले २ विकेट लिए । यसैगरी दिनेश अधिकारी, युनिस सिंह र रवीन्द्र शाहीले एक–एक विकेट लिए ।

२३२ रनको लक्ष्यसहित मैदान उत्रिएको कर्णाली प्रदेशको सुरुआत भने राम्रो रहेन । लगातार विकेट पतन हुँदा एक समय सहज अवस्थामा देखिए जित निकाल्न सकेन । कर्णालीका लागि अर्जुन घर्तीले ५८ रनको अर्धशतकीय पारि खेल्दा दिनेश अधिकारीले ३३ रन जोडे । यस्तै विपिन शाहीले ३१ रन बनाउँदा प्रकाश जैशीले १४ रनमात्रै जोडे ।

मधेश प्रदेशका लागि राजेश यादवले ३ विकेट लिँदा प्रदीप पासवानले २ विकेट हात पारे । यसैगरी रुपेश सिंह, अभिषेक तिवारी, रञ्जित कुमार, हरिशंकर साह र पवन शर्राफले एक–एक विकेट लिए ।

५ खेलमा ३ जित निकालेको मधेश प्रदेश तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित भएको कर्णाली प्रदेश ४ अंकका साथ तालिकाको सातौं स्थानमा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार