मुख्य समाचार
जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ |

दलित अभियन्ताले सडकमै सुतेर गरे प्रदर्शन

Ujyalosandeshonline 12546+ समाचार ( )
१ भाद्र २०८१, शनिबार

काठमाडौं । दलितका लागि दलित अभियानले काठमाडौंको माइतीघर मण्डलामा गरिरहेको प्रदर्शन शनिबार पनि जारी छ । सरकार गठन र राजनीतिक नियुक्तिमा दलितलाई घृणा गरेको भन्दै प्रदर्शनकारीले सडकमा सुतेर प्रदर्शन गरेका छन् । भइरहेको प्रदर्शन 

दलितका लागि दलित अभियान नेपालको समन्वयमा अभियानका संयोजक खगेन्द्र सुनार सहितका युवाहरुले विगत दुई हप्तादेखि माइतीघरमा विरोध प्रर्दशन गरिरहेका छन् । 

अभियानका संयोजक सुनारले भने, ‘संविधनलाई संशोधन गर्ने कुरा राम्रो हो । तर जनताको अधिकार कटौती गरेर संशोधन गर्ने कुरा सह्य हुँदैन् । दलितहरुका अधिकार  कटौती गर्ने कांग्रेस र एमालेसँग दम छ ?’

उनले दलितहरुको अधिकार एमाले र कांग्रेसले काटेको आरोप लगाए ।  उनले नयाँ आएका दलहरुले पनि दलितको लागि कुनै गतिलो मुद्दा नउठाएको बताए । 

संविधानको व्यवस्था र सामाजिक न्यायको सिद्धान्तबमोजिम दलितको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनीहरुको माग रहेको छ । अभियानका संयोजक सुनारले एमाले र कांग्रेसले दलितहरुलाई जातिय विभेद गरेको आरोप समेत लगाएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार