मुख्य समाचार
बन्द अवस्थामा रहेको वायु तथा सौर्य उर्जा प्लान्ट परियोजना | नेपाली काँग्रेस रोहिणी गाउँपालिकाको सभापतिमा अकबाल खान निर्वाचित | पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित | भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न | रसुवा बाढीपीडितका लागि राष्ट्रिय वैश्य महासंघ रुपन्देहीद्वारा १ लाख ८१ हजार सहयोग | उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह | रैथाने बाली सङ्कटमा | पदयात्रामा जाने पर्यटकलाई सतर्कता अपनाउन विभागको आग्रह | मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण | देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन |

एमालेले आज एक लाख युवाहरुलाई काठमाडौं उतार्दै

Ujyalosandeshonline 12389+ समाचार ( )
११ वैशाख २०८२, बिहीबार

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा आज काठमाडौंमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रमको आयोजना गर्दैछ । लोकतन्त्र दिवसको अवसर पारेर एमालेले दिउँसो १ बजेबाट काठमाडौंको भृकुटीमण्डपमा ४० वर्षमुनिका एक लाख युवाहरुलाई उतार्ने एमालेको तयारी छ । 

कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलले सङ्क्षिप्त शुभकामना मन्तव्य राख्ने र बाँकी सबै वक्ता युवा रहने छन् । जसअनुसार प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोल, आनन्द सिंह, विष्णु पोखरेल, अश्विनी सेख, शिवकुमारी चौधरी, विशाल पुन, शर्मिला भण्डारी लगायतका युवाहरूले आफ्नो धाराणा राख्ने तयारी रहेको छ । 

आयोजकका अनुसार महोत्सवमा ४० वर्ष मुनिका विभिन्न उमेर समूहका युवाहरूले आफ्नो विचार राख्नेछन् भने विभिन्न सांस्कृतिक कार्यक्रम पनि हुनेछ । कार्यक्रममा देशभरबाट १ लाख युवाले सहभागिता जनाउने एमालेको दाबी छ । कार्यक्रममा आउनेहरूका लागि मोटरसाइकल र स्कुटर पार्किङको लागि बग्गीखानामा व्यवस्था गरिएको छ भने मिनी र ठूला बसका लागि टुँडिखेल र साना गाडीको लागि रङ्गशालामा व्यवस्था मिलाइएको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार