काठमाडौँ । नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा न्युयोर्कमा आयोजित साइडलाइन कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र बेलारुसका परराष्ट्रमन्त्री म्याक्सिम रिजेन्कोभले आ–आफ्ना सरकारका तर्फबाट उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको मन्त्रालयले जनाएको छ ।
सम्झौतामा हस्ताक्षर गर्नुअघि दुवै परराष्ट्रमन्त्रीहरूबीच सौहार्दपूर्ण भेटवार्ता भएको थियो । भेटवार्तामा दुवै देशको आपसी हितसँग सम्बन्धित विविध विषयमा छलफल भएको थियो । भेटवार्तामा नेपाल–बेलारुस मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्दै श्रम, शिक्षा, व्यापार, लगानी तथा जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।