मुख्य समाचार
रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो | बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द | सिद्धार्थ राजमार्ग किनारमा लायन्स क्लब अफ भैरहवा लिगेसीको वृक्षारोपण | दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव | दुई वर्ष माथिका ६६ मुद्दा फैसला हुन बाँकी | खुवा घोट्दै व्यवसायी | एक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याइयो |

ट्राफिक प्रहरीलाई ड्राइभिङ लाइसेन्स जाँच गर्ने डिभाइस हस्तान्तरण

Ujyalosandeshonline 11901+ समाचार ( )
१८ अशोज २०८१, शुक्रबार

काठमाडौं । ट्राफिक प्रहरीलाई  नागरिक एपमा भएको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को क्यूआर कोड स्क्यान गर्ने डिभाइस हस्तान्तरण गरिएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच ट्राफिक प्रहरीलाई सुरुवाती चरणमा १०४ थान फोन हस्तान्तरण गरिएको हो । 

यो व्यवस्था लागू भएसँगै सवारी चालकले नागरिक एपमा रहेको भर्चुअल लाइसेन्स देखाए मात्र पुग्नेछ । नेपाल प्रहरीका प्रमुख आईजीपी वसन्त कुँवरले देशभर कूल तीन हजार डिभाइस आवश्यक पर्ने र तत्कालको लागि एक हजार फोन चाहिएको जानकारी दिए । 

उनले भने,‘पूर्ण रूपमा भर्चुअल माध्यमबाट लाइसेन्सको नियमन गर्न ट्राफिक प्रहरीलाई कूल तीन हजार स्मार्टफोनको आवश्यकता छ भने तत्कालको लागि एक हजार फोन चाहिन्छ ।’

डिभाइसको सहायताले ट्राफिक प्रहरीले चालकको नागरिक एपमा भएको ड्राइभिङ लाइसेन्सको क्यूआर कोड स्क्यान गरी विवरण हेर्न सक्नेछन् । कारबाही गर्नुपर्ने अवस्थामा त्यही डिभाइसबाट कारबाहीको अनुरोध गर्ने र त्यसको मेसेज चालकको मोबाइलमा पुग्ने व्यवस्था रहेको छ । स्क्यान गरिएको लाइसेन्सको विवरण प्रहरीको ‘टीभी आर एस’ प्रणालीमा अद्यावधिक हुने बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार