मुख्य समाचार
बन्द अवस्थामा रहेको वायु तथा सौर्य उर्जा प्लान्ट परियोजना | नेपाली काँग्रेस रोहिणी गाउँपालिकाको सभापतिमा अकबाल खान निर्वाचित | पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित | भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न | रसुवा बाढीपीडितका लागि राष्ट्रिय वैश्य महासंघ रुपन्देहीद्वारा १ लाख ८१ हजार सहयोग | उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह | रैथाने बाली सङ्कटमा | पदयात्रामा जाने पर्यटकलाई सतर्कता अपनाउन विभागको आग्रह | मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण | देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन |

सातौँ लुम्बिनी महोत्सव मङ्सिरमा

Ujyalosandeshonline 12389+ समाचार ( )
११ कार्तिक २०८२, मङ्गलबार

भैरहवा (रुपन्देही) । ‘स्थानीय बजारमा खरिद गरौँ, स्थानीय बजार प्रवर्द्धन गरी, स्वदेशी वस्तुको प्रयोग गरी स्वाभिमानी नेपालीको पहिचान बनाऔँ’ भन्ने मूल नाराका साथ चेम्बर अफ कमर्स, रुपन्देहीले सातौँ लुम्बिनी महोत्सव–२०८२ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धन) आयोजना गर्ने भएको छ ।   

भैरहवामा आज पत्रकार सम्मेलन गरी आगामी मङ्सिर ३ गतेदेखि मङ्सिर २१ गतेसम्म सिद्धार्थनगर नगरपालिका–८, अञ्चलपुर, भैरहवामा महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ । यसपटकको महोत्सवको मुख्य आकर्षण नेपालमै पहिलो पटक भियतनामबाट ल्याइएको ‘जलपरी’ को प्रदर्शन रहने चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्काले जानकारी दिनुभयो ।   

जलपरी, फिस टनेल, आइफेल टावरसहितको बाल उद्यान, विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने उहाँले बताउनुभयो । उद्योग, व्यापार, कृषि र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको चेम्बर अफ कमर्श रुपन्देहीका अध्यक्ष सचिन रोक्काको भनाइ छ । “उद्योग र व्यापारको प्रोत्साहन गरी परनिर्भर अर्थतन्त्रलाई कम गर्ने, लुम्बिनी क्षेत्रका पर्यटकीयस्थलको विकास गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन हुने लक्ष्य राखेका छौँ,” उहाँले भन्नुभयो, “यसले उत्पादक र उपभोक्ताबीच समन्वय गराई स्थानीय वस्तुको बजार व्यवस्थापनमा सहयोग गर्नेर कृषिलाई वैज्ञानिक तथा व्यवसायीकरण गर्न सहयोग पुर्‍याउने छ ।” हाँले महोत्सवले रुपन्देही जिल्लाका कृषि उपज तथा हस्तकला सामग्रीको प्रदर्शनी र बजार विस्तार गर्न, लुम्बिनी, देवदह, तिलौराकोट, रामग्रामलगायतका पर्यटकीयस्थलको प्रचारप्रसार गर्नेर रोजगारीको सिर्जनासमेत हुने बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार