मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

ध्यान र साधनाले मानिसलाई स्वस्थ जीवनशैली अपनाउन मद्दत गर्छ : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 12547+ समाचार ( )
१४ फाल्गुन २०८१, बुधवार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङको घोराही उपमहानगरपालिका–१३ मा रहेको विपश्यना ध्यान केन्द्रको अवलोकन गरेका छन् । अवलोकनका क्रममा उनले विपश्यना ध्यानले मानसिक तथा शारीरिक स्वास्थ्य प्रवद्र्धनमा अतुलनीय योगदान पुर्याएको बताए ।साथै, ध्यान र साधनाले मानिसलाई स्वस्थ जीवनशैली अपनाउन मद्दत गर्ने उनको धारणा थियो ।

केन्द्रमा प्रत्येक महिनामा एउटा १० दिवसीय शिविर, पुराना साधक÷साधिकाका लागि एकदिवसीय शिविर र बालबालिकाका लागि छुट्टै एकदिवसीय शिविर सञ्चालन हुँदै आएको छ । आगामी वर्षमा थप शिविर सञ्चालन गर्ने योजना रहेको अध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।

हालसम्म केन्द्रले ३३ वटा १० दिवसीय शिविर, एकदिवसीय शिविर, बाल शिविरहरू, तथा विभिन्न संघ–संस्था र विद्यालयहरूमा लघु आनापान ध्यान कार्यक्रम सञ्चालन गरी १ हजारभन्दा बढी व्यक्तिलाई लाभान्वित गरिसकेको छ । आगामी वर्षहरूमा थप शिविर सञ्चालन गरी धेरैभन्दा धेरै मानिसलाई सहभागी गराउने केन्द्रको लक्ष्य छ ।

विश्वभर विपश्यना ध्यान शिविरहरू निःशुल्क सञ्चालन गरिन्छन् । सहभागी साधक÷साधिकाहरूबाट कुनै शुल्क लिइँदैन । शिविर पूरा गरेका साधक÷साधिकाहरूबाट प्राप्त स्वेच्छिक दानबाट केन्द्र सञ्चालन हुँदै आएको छ । दाङ विपश्यना केन्द्र धम्मपरागको स्थापना र सञ्चालनमा लुम्बिनी प्रदेश सरकारको योगदान रहेको छ । ध्यान केन्द्रको थप विकासका लागि आवश्यक बजेट प्रदेश सरकारबाट विनियोजन गराउन आग्रह गरिएको छ। 

मुख्यमन्त्री आचार्यसहित उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा, प्रदेश सभा सदस्य लोका विश्वकर्मा, घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी लगायतले केन्द्रको अवलोकन गरेका थिए । यो केन्द्र सामाजिक अगुवा नारायणप्रसाद शर्माको पहलमा स्थापना भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार