मुख्य समाचार
रुपन्देहीमा २७ लाखभन्दा बढीको अवैध सामानसहित भारतीय कार बरामद | नेपाली कांग्रेसद्वारा देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन हुने | रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा ६ लाख बढीको अवैध सामान बरामद | कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने |

सिन्धुलीको जाँते खोलाको गुफाभित्र महादेव मन्दिर, प्रचारको अभावमा ओझेलमा

Ujyalosandeshonline 12679+ समाचार ( )
१५ श्रावण २०८२, बुधवार

रामेछाप । सिन्धुलीको तिनपाटन गाउँपालिका–५ स्थित जाँते खोलाको माथिल्लो भेगमा रहेको प्राकृतिक गुफाभित्रको महादेव मन्दिर प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ । स्थानीय गोठालाहरूले २०४० सालतिर गाईहरू एकै ठाउँमा बस्न चाहनुको कारण खोज्दा फेला पारेको यो गुफा धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्त सम्भावनायुक्त स्थानका रूपमा चिनिन्छ । 

स्थानीय भरत राउतका अनुसार – गुफाभित्र गोठालाहरूले शिवलिंग, गणेशको मूर्ति, पापद्वार र धर्मद्वार देखेपछि सो स्थानमा पूजापाठ गर्न थालिएको हो । विशेषतः शिवलिंगमाथि गाईको थुन जस्तो अकृतिबाट निरन्तर पानी चुहिरहने दृश्यले सो स्थललाई अझै रमणिय बनाएको छ ।

वडा अध्यक्ष गोविन्द राउतले जानकारी दिएअनुसार यो स्थल धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्यले भरिएको छ । रानी दह झरना, राजा दह र अन्य साना–ठूला दह तथा झरनाहरूले यो क्षेत्रलाई थप आकर्षक बनाएका छन् । तर, राज्यको तर्फबाट अपेक्षित ध्यान नगएको र प्रवद्र्धन नहुँदा यो स्थान ओझेलमा परेको अध्यक्ष राउतको भनाइ छ ।

हाल झुगा सामुदायिक वनको अगुवाइमा मन्दिरसम्म पुग्न सिँढी निर्माणको काम भइरहेको छ । वडा कार्यालयको समन्वयमा विकट मार्गलाई सहज बनाउन सिँढी निर्माण कार्य अघि बढाइएको अध्यक्ष राउतले जानकारी दिए । उनका अनुसार वडाबाट मन्दिरसम्मको दूरी करिब ७ किलोमिटर रहेको छ ।

शिवरात्रिका दिन यहाँ मेला लाग्ने र भाकल गर्ने दिनमा स्थानीय श्रद्धालुको बाक्लो उपस्थिति रहने गरेको छ । आगामी दिनमा धार्मिक तथा प्राकृतिक पर्यटन प्रवद्र्धनका लागि वडाले विशेष प्राथमिकता दिँदै योजना बनाएको वडा अध्यक्ष राउतको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार