मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

सिद्धार्थनगरमा भोलि स्थानीय बिदा

Ujyalosandeshonline 12321+ समाचार ( )
२१ माघ २०८१, सोमबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले माघ २२ गते मंगलबार स्थानीय बिदा दिएको छ । ५७ औं नगर स्थापना दिवसको अवसरमा सिद्धार्थनगरले मंगलबार बिदा दिएको हो ।

नगरप्रमुख (मेयर) इश्तियाक अहमद खाँका अनुसार मंगलबार (भोली) नगरपालिका मातहतका कार्यालयहरु, शैक्षिक संस्था (सामूदायिक, संस्थागत तथा धार्मिक विद्यालय) र सहकारी संस्थाहरुमा बिदा दिइने निर्णय भएको हो ।

सिद्धार्थनगर नगरपालिकाको स्थापना साविकको भैरहवा गाउँ पञ्चायतको पूर्वमा डण्डा नदी, पश्चिममा भुजौली गाउँ पञ्चायत अन्तर्गत वडा नम्बर ८ र ९ को दोगहरा मौजाको सिमानासम्म, दक्षिणमा पक्लिहवा गाउँ पञ्चायतको सम्पूर्ण ईलाका हुँदै बगाहा गाउँ पञ्चायतको वडा नम्बर ८ र ९ को नौडिहवा बेलहियासमम र उत्तरमा पडसरी गाउँ पञ्चायतको २ र ७ नम्बर वडा समावेश गरी मिति २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायतको नामबाट स्थापना भएकोले उक्त दिनलाई नगर स्थापना दिवसको रुपमा मनाइने मेयर खाँले जानकारी दिए ।

स्थापना  दिवसको अवसरमा सिद्धार्थनगर नगरपालिकाको कार्यालयले विभिन्न संघ–संस्था, नगरबासीहरुको सहभागीतामा नगरमा प्रभातफेरी तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको हो । नगरपालिकाले प्रभातफेरीमा विद्यार्थीलाई भने सहभागी नगराउने भएको छ ।

सामूदायिक एवं संस्थागत विद्यालयका शिक्षकशिक्षिकाहरु आफ्नो पोशाक र ब्यानरसहित सहभागी हुने तर, विद्यार्थीहरुलाई भने प्रभातफेरीमा सहभागी नगराउने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए । उनका अनुसार नगरभित्र रहेका अन्य संघ–संस्था र आम नगरबासीलाई प्रभातफेरी तथा मूल समारोहमा उपस्थितिका लागि आह्वान समेत गरिको छ । 

कार्यक्रम माघ २२ गते मंगलबार बिहान १० बजे नगरपालिकाको कार्यालयमा जम्मा भइ बैंकरोड, देवकोटाचोक हुँदै महेन्द्र सभा गृहमा पुगेर शुभकामना आदानप्रदानमा परिणत हुने स्थापना दिवस मुल समारोह संयोजक तथा वडा नम्बर २ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवले बताए । स्थापनाको अवसरमा माघ २१ र २२ गते साँझ दीप प्रज्जवलन गर्ने र नगरबासीलाई समेत दीप प्रज्जवलन गर्न नगरपालिकाले आग्रह गरेको नगर उप्रमुख उमा अधिकारीले बताइन् ।

स्थापना दिवसको कार्यक्रमलाई भव्य र सभ्य रुपमा मनाउन तयारी तीव्र पारिएको नगर प्रवक्ता समेत रहेका सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार