काठमाडौं–तराई फास्ट ट्रयाक पूरा नभएसम्म बन्दरगाह पूर्ण क्षमतामा आउँदैन् : आशिष गजुरेल

Ujyalosandeshonline 11543+ समाचार ( )
आशिष गजुरेल कार्यकारी निर्देशक नेपाल इन्टरमोडल यातायात विकास समिति
३ पौष २०८१, बुधवार

व्यावसायिक गतिविधिलाई प्रोत्साहन गर्न भन्दै संघीय राजधानी काठमाडौंको चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाहले सेवाआरम्भ गरेको साढे दुई वर्ष पुगेको छ । तथापी, यतिका समय बितिसक्दा पनि चोभार सुख्खाबन्दर गाह पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन। काठमाडौं –तराई फास्ट ट्रयाक पूरा नभएसम्म बन्दरगाह पूर्ण क्षमतामा चल्ने सम्भावना न्यून रहेको सम्बन्धित अधिकारीहरुको भनाइ छ । बन्दरगाह संचालनकै विषयमा नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलसँगको  कुराकानी :

यतिबेलाचोभार सुख्खाबन्दरगाहले के के सेवादिइरहेको छ ?

चोभार सुख्खा बन्दरगाहले व्यापार सम्बन्धि सम्पूर्ण सेवाप्रदान गर्छ । चोभारमा कसैले पनिव्यापार सम्बन्धि गाडी सुरक्षित पार्किङ गर्छु भन्यो भने पार्किङको सुविधा दिन्छौं । ट्रेडसँग सम्बन्धित सामानहरु गोदाममा सुरक्षित राख्छु भन्नेहरुका लागि गोदामको सुविधा दिन्छौ । कसैले प्रशोधन, प्याकेजिङ, लेबलिङ गर्छु भन्यो भने पनित्यो सुविधा उपलब्ध गराउँछौं । 

बन्दरगाह संचालनको अवस्था के छ ?

अहिले नेपालभर आठवटा बन्दरगाह संचालनमा छन् । त्यस मध्यको चोभार सुख्खा बन्दरगाह पनि एक हो । बन्दरगाहबाट वार्षिक डेढ करोड रुपैयाँक माइरहेका छौं । अहिले सबैभन्दा धेरै कमाउने बन्दरगाह वीरगन्ज हो भने सबैभन्दा कम कमाइरहेको चोभार सुख्खा बन्दरगाहले हो । चोभारको आम्दानीको परिकल्पना काठमाडौं–तराई दु्रतमार्गसँग गरिएको थियो । तर  काठमाडौं–तराई दु्रतमार्ग निर्माण हुन नसक्दा बन्दरगाहको आम्दानीकम भएको हो । तथापीचोभार अहिले कमाउन सक्ने स्थितीमा पुगेको छ र राज्यलाई कमाएर दिन सक्नु नै सफलताहो । 

सुख्खा बन्दरगाहको अवस्थालाई सफलता भनिरहनु भएको छ । तर आयात निर्यातको अवस्था चाहिँ कस्तो छ  ?

हिजो आज प्रतिदिन जाँचपासको लागि चोभार सुख्खा बन्दरगाहमा दुईवटा कन्टेनर आउँछन् । निर्यात चाहिँ बन्दरगाह सुरु भएदेखि जम्मा ६ वटा कन्टेनर पठाएका छौं । बन्दरगाहलाई अलिभिन्न तरिकारले संचालन व्यवस्थापन गरिरहेका छौ । अरु सातवटा भन्सार जाँचपासको मात्रै कामभइरहेको छ भने बन्दर गाहमा भन्सार जाँचपाससँगै लजिस्टिक हबको कन्सेप्टमा चलाइरहेका छौं । यसमादुई थरीको विजनेस छ । एउटा भनेको भन्सार जाँचपास र अर्को भनेको व्यापार–टे«ड सम्बन्धिको क्रियाकलापको लागि आधाभाग छुट्याएका छौं । आजको दिनमाभन्सार जाँचपासको लागिएकदमै कम सवारी साधनतथा कन्टेनर आएको अवस्था छ भने लजिस्टिक हबमा एकदमै राम्रो व्यापार भइरहेको छ । दुईटा गोदाम अपुग भएकाले अर्को एउटा गोदाम थपिसकेको छौ । साना अरु दुईटा गोदामहरु थपनिर्माण गरिसकेका छौं । त्यहाँ अत्याधिक माग छ ।जसले बन्दरगाहलाई चलायमान बनाउन सकेका छौं । 

लजिस्टिक हबको अवधारणा र उद्देश्यचाहीं कस्तो हो ?

लजिस्टिक हबविश्व बजारमा प्रख्यात छ ।त्यसलाई हामीले पनि चोभारबाट सुरुवात गरेका हौं । यो सफल पनि भयो । अहिले चोभारको मुख्यव्यापार भनेको लजिस्टिक हब नै हो । चीन र भारतको नाकाबाट आएका विद्युतिय सवारी साधनहरुको व्यवस्थापन भइरहेको छ । जसका कारण गोदाममा सामनहरु भरीभराउ भएको छ । त्यसैगरी यहाँ कसैले प्रोसेसिङ, प्याकेजिङ, लेबलिङ गर्छु भन्यो भने त्यो सुविधा पनि दिइरहेका छौं । यस्तो सुविधा लजिस्टिक हबकै अवधारणा र उद्देश्य अनुरुप हो । सहज रुपमा व्यापारलाई सहजीकरण गरेर बन्दरगाहलाई चलायमान बनाइरहेका छौं । राज्यलाई कमाउने ठाउँमा पुर््याइरहेका छौं । 

आम्दानीको अवस्था चाहीं कस्तो छ ?

पाँचवर्षका लागि निजी क्षेत्रलाई न्यूनतम तीन करोड रुपैयाँ छ । हामीले दिएको थ्रेसहोल्ड बराबरको गाडीहरु नआउँदा पनि निजी क्षेत्रले पाँच वर्षसम्मका लागि वार्षिक तीन करोड रुपैयाँ दिनुहुन्छ । र तोकेको थे्रसहोल्ड कटेको खण्डमा रेभिन्यू बाँडफाँट हुन्छ । ६० प्रतिशत निजी क्षेत्रको हुन्छ भने ४० प्रतिशत सरकारको हुन्छ । तर अहिले ट्राफिक फ्लो धेरै छ ।पाँचवर्षमा आठदेखि दश करोड रुपैयाँ चोभार सुख्खा बन्दर गाहबाट आम्दानी गर्न सक्छौं । त्यसमा हाम्रो एक रुपैयाँ पनि खर्च हुँदैन । 

निजी क्षेत्रलाई संचालनको संचालनको जिम्मेवारी दिइसकेपछिको अवस्थालाई कसरी हेरिरहनु भएको छ ?

अहिले आठवटै सुख्खाबन्दरगाह निजी क्षेत्रलाई चलाउन दिइएको छ । नियमावली अनुसार पनि प्रतिस्पर्धात्मक प्रणालीबाट छनोट गरेर सुख्खा बन्दरगाहहरु संचालन व्यवस्थापन गर्ने गरिएको छ । कन्ट्रयाक्ट म्यानेजमेन्ट तथा नियमावली सँग काम गर्ने भनेर प्रष्ट रुपमा भनिएको छ । यूरोपियन देशहरुसँगै, भारत लयागतका बाह्य देशको अभ्यास हेर्ने हो भनेपनि सुख्खा बन्दरगाहहरु निजी क्षेत्रहरु मार्फत पीपी मार्फत संचालन, व्यवस्थापन भइरहेको छ । यो सफल पनि भइरहेको छ । निजीक्षेत्रको संलग्नताले सेवास्तर पनि वृद्धि भएको छ । नेपाल सरकारलाई प्राप्तहुने राजस्व पनि बढिरहेको छ । 

चोभार सुख्खा बन्दर गाहकै कुरा गर्ने हो भने पनि राज्यबाट नेपाल ईन्टरमोडल यातायात विकास समिति मार्फत दुई वर्ष चलायौं । त्यति बेला एकदमै कम बिजनेस थियो । मासिक १६ लाख रुपैयाँमा घाटामा थियौं । आज निजी क्षेत्र आइसकेपछि निजी क्षेत्रको विज्ञताले गर्दा यहाँको व्यवसाय वृद्धि भएको छ । बन्दरगाह संचालनको अवस्थामा रहनुको प्रमुख कारण आजको दिनमानिजी क्षेत्रबाट संचालनमा रहनु नै हो । यदी सरकार मार्फत नै सुख्खाबन्दरगाह संचालन भएको थियो भने आजको जस्तो चलायमान हुने थिएन । 

सरकार मार्फत संचालन भएको भए बन्दरगाह चलायमान हुने थिएन भन्नुभयो । यसका कारणहरु चाहि के हुन्?

सरकारको निर्णय गर्ने प्रक्रिया एकदमै लामो छ । निजी क्षेत्रनाफाको लागि जति दौडधुप गरिरहेको हुन्छ त्यतिको दौडधुप सरकारका कर्मचारीले गर्दैनन् । यो कुरा हामीले प्रष्ट बोल्नु पर्छ । लुकाउनु हुँदैन । निजीक्षेत्रले तुरुन्त निर्णय गर्छ । कसैलाई छुट नै दिनुपर्ने हो भने पनितुरुन्त नै दिन्छ । राज्यको निर्णय प्रक्रिया यस्तो छैन् । राज्यले छुट दिनुपर्योभने भएकाप्रक्रिया पूरा गर्दागर्दै आउने बिजनेस अन्तै डाइभर्ट भइसक्छ । 

त्यसोभए चोभार सुख्खा बन्दरगाह पुर्ण क्षमतामा संचालन हुनमा के ले रोकिरहेको छ ?

चोभार सुख्खाबन्दरगाहलाई दुई भागमा छुट्याएका छौं । आधाभागमाभन्सारका जाँचपासकाकाम गर्छौ भने आधाभागमा लजिस्टिक हबको काम गर्छाैं । लजिस्टिक हबमाव्यापार सम्बन्धि सबै काम गरिन्छ । लजिस्टिक हबलाई ठाँउ अपुग नै भइसकेको अवस्था छ । तर, फेरि भन्सारमा सवारी आगमनअझकम नै छ । त्यसको कारण भनेको फास्ट ट्रयाक नबनेर हो । अहिलेसम्मभारतको नाकाबाट मात्रै भन्सार जाँचपास गरेर आयात गरिने गरिएको थियो तर अर्थ मन्त्रालयको भन्सार विभागमार्फत चीनको तातोपानी र रसुवा नाकाबाट पनिसिधै चोभार सुख्खाबन्दरगाहमा सामान ल्याउछु भन्नेहरुलाई पनित्यो सुविधालागु भइसकेको छ । यसले गर्दा भन्सारतर्फ पनि ट्राफिक बढ्छ भन्ने अनुमान छ । बन्दरगाहमाभन्सार जाँचपास गराउने सुविधा छ । 

भारतकै नाकाबाट आउने सामानहरु चोभारसम्म चाहिँकिन आई पुग्दैनन् ?

चोभार व्यवसायीहरुका लागि विकल्प हो । चोभार सुख्खाबन्दरगाहअनिवार्य छिर्नु पर्दैन । किनभने मानिसहरुकालागिवीरगंज सुख्खाबन्दरगाह, विराटनगर सुख्खाबन्दरगाह, भैरहवा सुख्खाबन्दरगाह ठिक हुन्छ भने उहाँहरुले त्यहीँबाट गर्नुहुन्छ । त्यहाँअसहज हुन्छ भने चोभार आउनुहुन्छ । त्यसैले चोभार सुख्खाबन्दरगाहमाभन्सार जाँचपास भएनभनेर ठूलो ईस्यू बनाउन जरुरी छैन । भन्सार जाँचपास जहाँभएनभने आइपुग्ने भनेको सरकारसँगै नै हो । 

चोभार सुख्खाबन्दरगाहको सम्पुर्ण पूर्वाधारहरुको प्रयोग भइरहेको छ त ?

छन् ।अहिले कन्टेनर, ट्रक तथा कार गरेर छ सयभन्दा बढी चोभार सुख्खाबन्दरगाहमा छन् । पाँचवटा गोदाममा तीनवटा पुर्ण रुपमाभरिएका छन् । दुईवटा आशिंक रुपले भरिएका छन् । अब यसलाई नचलेको भन्न मिल्छ त ?भोलिको दिनमा फास्ट ट्रयाक सम्पन्नभइसक्दाबन्दरगाहको क्षमताले भ्याउँदैन । अहिले त्यसको तयारीतिर लागेका छौं।

यो कुरा मैंले मन्त्रालयमामन्त्रीज्यू, सचिवज्यूसँग छलफल गरिसकेको छु । यहाँहिमालसिमेन्टको सातसय रोपनीजग्गा छ । त्यसमातीन सय रोपनीजग्गा चोभार सुख्खाबन्दरगाहलाई नयाँ संरचनाबनाउनकालागिएलोकेट गरिदिन पर्यो भनेर प्रस्ताव राखिसकेको छु । यसमामन्त्रीज्यूहरु सकरात्मक नै हुनुहुन्छ । बन्दरगाहको सात सय रोपनीजग्गामाप्रर्दशनी स्थलबन्दैछ । त्यो प्रर्दशनी स्थलकालागजतिबेलाजग्गा छुट्याईन्छ त्यतिबेला नै बन्दरगाहकालागिपनिजग्गा छुट्याईन्छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार