मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

आवश्यकताको सिद्धान्त अनुसार नै कांग्रेस–एमाले सरकार बनेको हो : प्रकाशमान सिंह

Ujyalosandeshonline 11768+ समाचार ( )
१९ पौष २०८१, शुक्रबार

सप्तरी । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था बलियो बनाउन नेपाली कांग्रेसलाई बलियो बनाउनु पर्ने बताएका छन् । शुक्रबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति सप्तरीले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । 

उनले ठुलो संघर्ष र बलिदानबाट अहिलेको लोकतान्त्रिक व्यवस्था प्राप्त भएको भन्दै यसलाई बलियो बनाउन कांग्रेस बलियो हुनुपर्नेमा जोड दिए । कांग्रेस पूर्वमहामन्त्रीसमेत रहिसक्नुभएका सिंहले  पार्टी संगठन महत्त्वपूर्ण हुने भन्दै कांग्रेसको संगठन सुदृढीकरणमा लाग्न नेता कार्यकर्तालाई आग्रह पनि गरे । उनले कांग्रेसकै नेतृत्वमा भएको आन्दोलनले  रैतीका रूपमा रहेका जनतालाई नागरिक बनाएको स्मरण गर्दै संविधानसभाबाट कांग्रेस नेतृत्वमै संविधान बनेको बताए । 

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री समेत रहनुभएका सिंहले आवश्यक्ताको सिद्धान्तअनुसार कांग्रेस–एमालेको सरकार बनेको बताए । ‘अहिले संसदको दुई ठुला दल मिलेर सरकार बन्दा कहिँ  नभएको भयो भनेको सुन्छु । आवश्यक्ताको सिद्धान्तअनुसार दुई ठुला दल मिलेर सरकार बनेको हो,’ उनले भने,‘साना पार्टीले सरकार बनाउँदा अस्थिरता भयो । केही महिनामै सरकार परिवर्तन हुँदा जनतामा निराशा थियो । बलियो सरकार बनोस् भन्ने जनचाहनाअनुसारनै वर्तमान सरकार बनेको हो ।’उनले आवश्यकताको सिद्दान्तअनुसार विगतमा बहालवाला प्रधानन्यायाधीशलाई मन्त्रीपरिषद्को अध्यक्ष बनाएको चर्चा गर्दै जनचाहनाअनुसार दुई ठुला पार्टी मिल्नु असामान्य नभएको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार