मुख्य समाचार
रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै |

केआईआईटीमा अर्की नेपाली विद्यार्थी पनि मृत भेटिइन्

Ujyalosandeshonline 12208+ समाचार ( )
१८ वैशाख २०८२, बिहीबार

भैरहवा । भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा फेरी अर्को नेपाली विधार्थी (छात्रा) मृत फेला परेकी छिन्। भारतको ओडिसा टिभीको अनलाईन संस्करणले भुवनेश्वर-कटकका प्रहरी आयुक्त एस. देव दत्त सिंहको भनाईलाई उद्धत गर्दै विश्वविद्यालयको होस्टेलमा नेपाली छात्राको शव बरामद भएको समाचार प्रकाशन गरेको छ।

विश्वविद्यालयको बी-टेक प्रथम वर्षमा अध्यनरत वीरगञ्जकी प्रिशा शाह बिहीबार बेलुकी करिब ८ बजे होस्टलमा झुण्डिएको अवस्थामा मृत फेला परेको बताईएको छ। घटनापश्चात विश्वविद्यालयमा भुवनेश्वरका प्रहरी र प्रशासनका उच्च अधिकारीहरु पुगेका छन्। घटनास्थलमा प्रहरीले अनुसन्धान थालेको छ भने हालसम्म विश्वविद्यालयले कुनै आधिकारिक वक्तव्य जारी गरेको छैन । गत फागुन ४ गते विश्वविद्यालयमा अध्यनरत भैरहवाकी प्रकृति लम्साल होस्टेलमा मृत फेला परेकी थिईन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार