मुख्य समाचार
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ |

शिक्षक महासंघ मुगुले शिक्षा ऐन ल्याउने माग गर्दै बुझाए ध्यानाकर्षण पत्र

Ujyalosandeshonline 12206+ समाचार ( )
७ फाल्गुन २०८१, बुधवार

मुगु ।  शिक्षक महासंघ मुगुले चालू हिउँदे अधिवेशन बाटै विद्यालय शिक्षा ऐन जारी गरियोस् भन्दै छाँयानाथ रारा नगरपालिका मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।देशभरका ७ सय ५३ वटै स्थानिय सरकारहरु मार्पmत संघीय सरकारलाई बुझाउने गरि जिल्ला स्थित नेपाल शिक्षक महासंघले ध्यानाकर्षण पत्र बुझाएको हो ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको गत महिना २२ गते एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच विभिन्न समयमा भएका सहमती र सम्झौताहरुमा उल्लेखित मागहरु सहितको विद्यालय शिक्षा विधेयक संसदको चालू हिउँदे अधिवेशनबाट पारित गरी जारी गर्न महासंघका स्थानिय, जिल्ला र प्रदेश समितिहरुलाई केन्द्रीय समितिले तोके बमोजिमका दवाव मुलक कार्यक्रम आयोजना गर्न निर्देशन भएबमोजिम मंगलबार हातमा कालो पट्टि बाधेर खबरदारी जुलुससहित पालिकाहरुमा ध्यानाकर्षण पत्र बुझाइएको नेपाल शिक्षक महासंघ छायानाथ रारा नगर कार्य समितिका अध्यक्ष जानसा मल्लले बताइन्  ।

अध्यक्ष मल्लका अनुसार आजै स्थानिय तहहरुमा आन्दोलनलाई व्यवस्थित र मर्यादित बनाउन आन्दोलन परिचालन समिति समेत गठन गरिएको छ । आन्दोलनका कार्यक्रम अन्तरगत फागुन ८ गते हरेक विद्यालयमा अभिभावक,विद्यालय व्यवस्थापन समिति र विद्यार्थीबीच अन्तरक्रिया कार्यक्रम संचालन गर्ने, फागुन ९ गते ७७ वटै जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा र ७ वटै प्रदेशका मुख्यमन्त्री,सामाजिक विकास मन्त्री समक्ष ध्यानाकर्षण पत्र बुझाउने,कालो पट्टि सहित बृहत् जुलुस सभा गर्ने र आन्दोलन परिचालन समिती गठन गर्ने कार्यक्रम रहेको छ ।

देश संघीयतामा गएपनि शिक्षा क्षेत्र भने पन्चायत कालको समयमा बनाइएको शिक्षा ऐन २०२८ बमोजिम नै चलिरहेको छ । संघीयताको मर्म र युग सुहाउँदो ऐन बनाएर शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउन आवश्यकता रहेकाले चालू हिउँदे अधिवेशनबाट शिक्षा ऐन पास गरि कार्यान्वयनमा ल्याउन नेपाल शिक्षक महासंघ मुगुका अध्यक्ष विष्णुमाया भामले बताए ।

शिक्षक महासंघ मुगुबाट आएको ध्यानाकर्षण पत्र सरोकारवाला निकायसंग पेस गर्ने र शिक्षकहरुको माग समयमा पुरा होस् भन्दै ध्यानाकर्षण पत्र छाँयानाथ रारा नगरपालिकामा नगर प्रमुख बिस्नु कुमार भामले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार