महिला समूहलाई१२ हजार सुन्तलाका बिरुवा

Ujyalosandeshonline 6416+ समाचार ( )
२४ आषाढ २०८१, सोमबार

दोलखा । दोलखाको मेलुङ गाउँपालिकाका महिलालाई लक्षित गरी सुन्तला बिरुवा वितरण गरिएको छ । गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत हेफर नेपाल र सीडीएफ दोलखाको साझेदारी एवम् व्यवस्थापन मा मेलुङ गाउँपालिका–१ विभिन्न महिला समूहका महिलालाई सुन्तलाका बिरुवा वितरण गरिएको गाउँपालिका अध्यक्ष हिरा थोकरले जानकारी दिए । 

सो वडाका १९ वटा महिला समूहलाई १२ हजार भन्दा बढी सुन्तलाका बिरुवा वितरण गरिएको उनले बताए । यसले महिलालाई आत्मनिर्भरता तर्फ उन्मुख हुन सहयोग पुग्ने थोकरले विश्वास व्यक्त गरे । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार