मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

अर्थ व्यवस्थामा केही सुधार देखिएको छ : अध्यक्ष ढकाल

Ujyalosandeshonline 12334+ समाचार ( )
२२ माघ २०८१, मङ्गलबार

काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय अर्थ व्यवस्था केही हदसम्म चलायमान हुन लागेको संकेतहरु देखिएको बताएका छन् । राजस्व चुहावट नियन्त्रणसँग सम्बन्धित नवीन प्रावधानहरु र भिसीटिसीको प्रयोग तथा परिपालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले अर्थतन्त्रका सूचांकहरु सकारात्मक लयमा आउन लागेको भन्दै बजार धेरै राम्रो नभएपनि सुधारको हिसाबले राम्रो भएको बताए । 

उनले भने, ‘पछिल्लो समय अर्थ व्यवस्था केही हदसम्म चलायमान हुन लागेको संकेतहरु देखिएका छन् । अर्थतन्त्रका सूचांकहरु सकरात्मक लयमा आउन लागेको देखिएको छ । गत वर्षको तुलनामा आयात ७.१ प्रतिशत र निर्यात ३१.८ प्रतिशत र निक्षेप संकलन ३.७ र नीजि क्षेत्रमा प्रभावित कर्जा ५.२ प्रतिशत, राजस्व संकलन १२.७ र खर्चमा १७.८ प्रतिशतले वृद्धि भएको तथ्यांकले बजार चलायमान भएको नै संकेत देखिएको छ । यो धेरै राम्रो नभएपनि सुधारको हिसाबले राम्रो संकेत हो ।’

यसको साथै, उनले आगामी दिनहरुमा सरकारका सबै निकायहरुको भूमिका र क्रियाकलापहरु समग्र आर्थिक गतिविधिलाई सक्रिय बनाउनेतर्फ लक्षित हुनुपर्ने भन्दै यसमा उद्योग वाणिज्य महासंघ सँधै साथमा रहने विश्वास व्यक्त गरेका छन् । 

उनले भने, ‘आगामी दिनहरुमा सरकारका सबै निकायहरुको भूमिका र क्रियाकलापहरु समग्र आर्थिक गतिविधिलाई सक्रिय बनाउनेतर्फ लक्षित हुनुपर्छ । राजस्व अनुसन्धान विभागको भूमिका यसमा थप सन्तुलित र समन्वयकारी हुनुपर्ने हाम्रो धारणा छ । यसमा उद्योग वाणिज्य महासंघ सदैव तपाईहरुको साथमा रहने विश्वास समेत दिलाउन चाहन्छु ।’नीजि क्षेत्रको लगानीलाई प्रमोट गर्न र सक्रिय रुपमा अगाडि बढाउन सकेन भने परिणाम राम्रो नआउने पनि उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार