मुख्य समाचार
ओमसतियामा बजार अनुगमन तीव्र: कुहिएको मासु बेच्नेलाई ७ दिने अल्टिमेटम, नियम मिचे कडा कारबाही हुने | लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय | मर्चवारमा महिलाको हत्या र सुन लुटपाटमा संलग्न चार जना पक्राउ | ओमसतिया गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री जफत | सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न |

जन्मदिनमा लुम्बिनी केबलकारको टिकट निशुल्क

Ujyalosandeshonline 12620+ समाचार ( )
१४ वैशाख २०८२, आइतबार

बुटवल । बुटवलको लुम्बिनी केबलकारले जन्म दिनमा केवलकार यात्रा गर्न चाहनेलाई दुईतर्फी टिकट निःशुल्क दिने भएको छ । केबलकारको यात्रा प्रवद्र्धनका लागि विभिन्न अफर र योजना ल्याउंदै आएको कम्पनीले यही बैशाख १५ गतेदेखि लागू हुने गरी नयां अफर ल्याएको हो । 

जन्मदिनको अवसरमा केबलकार मार्फत टप स्टेशनमा रहेको कामाख्या देवी मन्दिर दर्शन र आशिर्वाद ग्रहणका लागि सर्वसाधारणलाई सहज होस् भनेर यो अफर ल्याइएको कम्पनीका म्यानेजर प्रज्ज्वल घिमिरेले बताए । जन्मोत्सव मनाउन केबलकार जाने यात्रुहरुले जन्म मिति खुल्ने आधिकारिक सरकारी कागजात अनिवार्यरुपमा देखाउनुपर्ने कम्पनीले जनाएको छ ।

जन्म दिन परेका व्यक्ति कामाख्या मन्दिर पुगिसकेपछि वैदिक बिधिपूर्वक अष्टचिरञ्जिवी पूजा गरिदिने व्यवस्था समेत गरिएको कामाख्या धामका मूल पुजारी सुरेश पौडेलले बताए । अष्टचिरञ्जिवी पूजा गर्नाले शरीर निरोगी एवं दीर्घायू हुने धार्मिक विश्वास रहेको छ । 

परिवार एवं साथीहरुसंग जन्मोत्सव मनाउन बसन्तपुर पुग्नेहरुका लागि आवश्यक सुविधाहरु त्यहां सञ्चालित रेष्टुरेन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यो अफरले आफ्नो जन्मदिनमा निःशुल्क केबलकार यात्रा तथा  प्रख्यात शक्तिपीठ कामाख्या मन्दिरमा दर्शन र अष्टचिरञ्जिवी पूजाको सुविधा लिने सर्वसाधारण, तथा पर्यटकको आगमन बृद्धि हुने कम्पनीले विश्वास लिएको छ । अष्ट्रियाको विश्वविख्यात डुपलमायर कम्पनीको अत्याधुनिक प्रविधिबाट सञ्चालित लुम्बिनी केबलकार प्रदेशको पहिलो केबलकार हो ।

केबलकारको माथिल्लो स्टेशन बसन्तपुर समुन्द्री सतहबाट करिब एक हजार मिटर उचाईमा छ । त्यहां तराईको भन्दा ८ देखि १० डिग्री सेल्सियससम्म तापक्रम कम हुने भएकाले गर्मी मौसममा शीतल र चीसो हुनुका साथै धुंवाधुलोको प्रदुषणमुक्त स्वच्छ वातावरणमा रमाउन सकिने केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले बताए । बसन्तपुरमा स्तरीय रेष्टुरेन्ट, जीपलाइन, स्काई साइक्लिङ, आधुनिक पिङ, बाल उद्यान लगायत पर्यटकहरु रमाउने र भुल्ने पुर्वाधारहरु बनेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार