मुख्य समाचार
भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता |

डिएसपी नमराज भट्टराई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित

Ujyalosandeshonline 12543+ समाचार ( )
१६ माघ २०८२, बिहीबार

पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले वडा प्रहरी कार्यालय बैदाम, कास्कीमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) नमराज भट्टराईलाई २०८२ साल पुस महिनाको ‘उत्कृष्ट प्रहरी (Best Police of the Month)’ घोषणा गरेको छ। विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गर्दै व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले अपराध अनुसन्धान तथा नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै उनलाई यो सम्मान प्रदान गरिएको हो ।

विशेषगरी विभिन्न समयमा चोरी भएका २५ वटा दुई पाङ्ग्रे सवारी साधन बरामद गर्नुका साथै ४५ जना प्रतिवादीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको कार्यको उच्च कदर गर्दै उनलाई पुरस्कृत गरिएको कार्यालयले जनाएको छ। ‘उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८१’ अनुसार छनोट भएका भट्टराईलाई गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्रीले नगद तथा प्रशंसापत्रसहित सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार