मुख्य समाचार
दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना |

खिजी देम्बा गाउँपालिकाद्धारा ४६ जना पर्वता रोहीलाई सम्मान

Ujyalosandeshonline 12551+ समाचार ( )
१६ भाद्र २०८१, आइतबार

काठमाडौं । ओखलढुङ्गाको खिजी देम्बा गाउँपालिकाले ४६ जना पर्वता रोहीलाई सम्मान गरेको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच गाउँपालिकाले सगरमाथाको सफल आरोहण गर्ने तथा किर्तिमानी हासिल गरेका ४६ जनालाई सम्मान गरेको हो । 

साथै गाउँपालिकाले उक्त अवसरमा आरोहीहरुलाई सम्मान तथा पर्यटन सद्भावना दूत घोषणा कार्यक्रम समेत गरेको छ । 

कार्यक्रममा ओखलढुंगा जिल्लाबाट प्रथम पटक सगरमाथा आरोहण गर्ने खिजी देम्वा ९ खुन्दुर्के निवासी दोर्जी शेर्पा, २२ पटक सगरमाथा आरोहण गर्ने खिजी देम्बा ९ मैदानेका आरोही जाडबु शेर्पा, सबै भन्दाकान्छा उमेरमा सगरमाथा आरोहण गर्ने आरोही जम्बले शेर्पा, अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शकद्धय खिजी देम्बा ५ मेले लाक्पा शेर्पा र खिजी देम्वा २ नस्पु निवासी गेल्जे शेर्पा ओखलढुंगा जिल्लाकै पहिलो महिला कीर्तिमानी आरोही खिजी देम्वा ९ रिपाल निवासी माया शेर्पा, तामाङ समुदायबाट खिजी देम्बाका प्रथम आरोही खिजी देम्वा ९ का भीरखर्कका शुभ राज तामाङ लगायतलाई गाउँपालिकाको तर्फबाट सम्मान गर्यो ।

त्यस्तै, खिजी देम्बा गाउँपालिका, ओखलढुङ्गाको लोगो अंकित झण्डा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सन् २०२४ मे २१ का दिन विहान ६ः३० बजे फहराई विश्व माझ खिजी देम्बा गाउँपालिकालाई चिनाई प्रशंसनीय र कदर योग्यकाम गर्नु भएकाले खिजी देम्बा ६ भित्ते निवासी कुङ्गा शेर्पालाई पर्यटन सद्भावना दूत घोषणा गरी आपसी सम्झौता समेत सम्पन्न भएको छ । 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुशिला तामाडले स्वागत तथा बधाई मन्तव्य व्यक्त गर्नुभयो भने वडा अध्यक्षज्यूहरु, विभिन्न जातीय संस्था, खिजी देम्बामा परियोजना सञ्चालन गर्ने संघ संस्थाका प्रतिनिधि, पर्यटन सँग सम्वन्धित संस्थाका अध्यक्ष, अन्य पर्वता रोही लगायतको उपस्थिती रह्यो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार