मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

भूमिसम्बन्धी समस्यालाई पूर्ण रूपमा समाधान गर्न ऐन–कानुन परिमार्जित गर्नुपर्छ : मन्त्री अधिकारी

Ujyalosandeshonline 12450+ समाचार ( )
१७ पौष २०८१, बुधवार

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमीमा रहेको अव्यवस्थित बसोबासका सम्बन्धमा छलफल गरिएको छ । बुधबार बसेको उक्त समितिको बैठकमा अव्यवस्थित बसोबासका सम्बन्धमा छलफल भएको हो ।

उक्त छलफलमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले देशका सबै स्थानमा भूमि समस्या समाधान आयोग गठन गरेर भूमि समस्या समाधान गर्ने बताएका छन् । उनले आयोग गठनको दुई महिनामा धेरै काम सुरु गरिसकिएको भन्दै सबै जिल्लामा आयोग गठन गरेर समस्या समाधान गर्ने बताएका हुन् । 

उनले भने, ‘देशका सबै स्थानमा भूमि समस्या समाधान आयोग गठन गरेर भूमि समस्या समाधान गर्ने छौं । आयोग गठनको दुई महिनामा धेरै काम सुरु गरिसकिएका छौं । सबै जिल्लामा आयोग गठन गरेर समस्या समाधान गर्ने तयारीमा हामी छौं ।’

मन्त्री अधिकारीले विगतका भूमिसम्बन्धी आयोगले गरेका राम्रा कामलाई निरन्तरता दिने स्पष्ट पारे । उनले भूमिसम्बन्धी समस्यालाई पूर्ण रूपमा समाधान गर्न ऐन–कानुन समेत परिमार्जित गर्नुपर्ने बताए । आगामी एक वर्षभित्र करिव एक लाख भूमिहीनलाई लालपूर्जा वितरण गर्ने तयारीका साथ अघि बढेको उनको भनाइ छ ।

बैठकमा समिति सदस्यहरूले भूमिहीनलाई दिएको जग्गा बेच्न नपाउने गरी कानुनी व्यवस्था गर्नुपर्ने र त्यसका लागि वास्तविक भूमिहीनको पहिचान गर्न सुझाव दिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार