मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

विद्यालयमा ‘महिनावारी आराम कक्ष’ स्थापना

Ujyalosandeshonline 12342+ समाचार ( )
३१ जेठ २०८३, आइतबार

मान्म (कालीकोट) । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी आराम कक्ष’ स्थापना गरिएको छ । नगरपालिकाका चार माध्यमिक विद्यालय र ६ वटा आधारभूत विद्यालयमा महिनावारी आराम कक्ष स्थापना गरिएको हो । महिनावारीको समयमा तथा बिरामी हुँदा छात्राहरूलाई विद्यालय नियमित रुपमा जानका लागि महिनावारी आराम कक्षको स्थापना गरिएको हो । विद्यालयमा महिनावारी आराम कक्ष स्थापना भएपछि नियमित स्कुल जानका लागि सहज भएको बडिमालिका माध्यमिक विद्यालय रास्कोटका कक्षा ९ मा अध्यायनरत छात्रा कल्पना शाहीले बताउनुभयो । 

“महिनावारी भएका बेला हरेक महिना पाँच दिन विद्यालय जान असहज हुने गरेको थियो”, उहाँले भन्नुभयो, “विद्यालयमा पढ्दै गर्दा पेट दुख्ने, रिङ्गटा लाग्ने हुन्थ्यो । अहिले विद्यालयमै महिनावारी आराम कक्ष स्थापना भएपछि नियमित पढ्न जान थालेकी छु ।” विद्यालयको महिनावारी आराम कक्षमा आवश्यक स्यानेटरी प्याड, सफा पानी, प्राथामिक उपचार साम्रगी, आराम गर्ने बेड तथा सरसफाइका साम्रगी व्यवस्था हुँदा स्वास्थ्यमा सहज र नियमित स्कुलमा छात्राको उपस्थित हुने गरेको बडिमालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक पुष्पराज बरालले जानकारी दिनुभयो ।

“किशोरी विद्यार्थीलाई महिनावारी भएको समयमा सहज वातावरण प्रदान गर्न विद्यालयमै महिनावारी आराम कक्ष स्थापना गरिएको हो”, उहाँले भन्नुभयो, “महिनावारीका बेला हुने शारीरिक असहजता, पेट दुख्ने, कमजोरी तथा मानसिक तनावलाई मध्यनजर गर्दै विद्यालयमा आराम कक्ष सञ्चालनमा ल्याउँदा अहिले किशोरीहरू नियमित पढ्न आउन थालेका छन् ।” नगरकापालिकाका चारवटा माध्यमिक र छवटा आधारभूत विद्यालयमा महिनावारी आरम कक्ष स्थापना गरिएको रास्कोट महिनावारी स्वास्थ्य र खानेपानी तथा सरसफाइ स्वच्छ्रता सुधार परियोजनाका संयोजक सूर्यबहादुर रोकायाले बताउनुभयो । उहाँले यसबाट किशोरीहरूलाई विद्यालयमा नियमित पढाइमा सहभागी हुन सहयोग पुगेको जानकारी दिनुभयो ।

 विद्यालयमा सुरक्षित र मैत्रीपूर्ण वातावरण निर्माण गर्न यस्तो पहल प्रभावकारी बनेको रास्कोट नगरपालिका नगरप्रमुख धर्मराज शाहीले बताउनुभयो । “स्थानीय तह तथा विद्यालय व्यवस्थापन समितिले किशोरी स्वास्थ्य र महिनावारी स्वच्छतामा विशेष ध्यान दिएको छ, रास्कोटको शैक्षिक सुधारमा पहिलो प्रथामिकता राखेर आगाडि बढेको छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार