मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

रौतहट एसइइ परीक्षा : तीन सय ४० थान मोबाइल सेट बरामद

Ujyalosandeshonline 10783+ समाचार ( )
७ चैत्र २०८१, शुक्रबार

रौतहट । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षामा सामेल परीक्षार्थीले बोकेका तीन सय ४० थान मोवाइल सेट बरामद गरिएको छ । विभिन्न परीक्षा केन्द्रमा चिट चोर्ने प्रयोजनका लागि परीक्षार्थीहरुले आफ्नो शरीरमा मोवाइल लुकाइ छिपाई परीक्षा हलभित्र प्रवेश गराएकोमा चेकजाँचका क्रममा फेला परेको प्रहरीले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रवार एक प्रेस नोट जारी गर्दै दुई थान स्मार्ट वाच समेत बरामद गरेको जनाएको छ । परीक्षा हलभित्र गार्डको रूपमा खटी आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह नगरेको र अमर्यादित क्रियाकलाप गरेका दुई जनालाई परीक्षा अवधि भरका लागि निष्काशित गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपक कुमार राय बताए । 

उनका अनुसार बरामद गरि नियन्त्रणमा लिइएका मोवाइल सेट र स्मार्ट वाचका बारेमा आवश्यक अनुसन्धान कार्य भइरहेको छ । प्रहरीले कुन÷कुन परीक्षा केन्द्रबाट मोबाइल, स्मार्ट वाच र गार्डलाई निष्काशान गरेको खुलाएको छैन । 

पहिलो र दोस्रो दिनगरि ७ सय ६४ थान मोवाइल बरामद भइसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षा अन्तर्गत शुक्रवार अनिवार्य  नेपाली विषयको परीक्षा भएको हो । यस वर्षको एसईई परीक्षामा यहाँ ४० वटा परीक्षा केन्द्रमा १० हजार ४ सय ८४ जना परीक्षार्थीहरु परीक्षामा सामेल भएको शिक्षा विकास तथा समन्वय इकाइ रौतहटले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार