मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

मधेश प्रदेश सरकारविरुद्ध नाराबाजी तथा विरोध जुलुस

Ujyalosandeshonline 12342+ समाचार ( )
१४ जेठ २०८२, मङ्गलबार

जनकपुर । जनकपुरधाममा मधेश प्रदेश सरकारविरुद्ध सहिद परिवारका सदस्यहरुले नाराबाजी गर्नुका साथै विरोध जुलुस निकालेका छन् । विभिन्न माग राख्दै हिजो (सोमबार)देखि शान्तिपूर्ण आन्दोलनमा उत्रेका मधेश प्रदेशका आठवटै जिल्लाका सहिद परिवारका सदस्यहरुले आज प्रदेश सरकारविरुद्ध नाराबाजी गर्दै जुलुस निकालेका हुन् । जनकपुरधामको मुख्य चोकहरुको परिक्रमा गर्दै जनक चोकमा कोण सभा गरेका छन् ।

उनीहरुले मधेशी सहिद प्रतिष्ठानमा तत्काल सदस्य नियुक्त गर्नुपर्ने, सहिद परिवारका सदस्यहरुका लागि प्रदेश सरकारले घोषणा गरेको स्वास्थ्य विमा लागु गर्नु पर्ने, एक परिवार एक रोजगारी दिनुपर्ने र सहिद परिवारका छोराछोरीहरुलाई शिक्षामा छात्रवृति दिनुपर्ने माग राखेका छन् ।

विगतमा आफ्ना समस्याहरु सुनाउन पटक पटक गृहमन्त्री राजकुमार लेखी र मुख्यमन्त्री सतिश कुमार सिंहलाई भेट्न जाँदा उनीहरुले घण्टौं बसाएर आश्वासन बाहेक अरु केही नदिएको शहिद चन्दन पटेलका पिता अवदेश पटेलले आरोप लगाएका छन् । 

उनले सहिद परिवारलाई अहिलेको जनमत नेतृत्वको सरकारले कुनै वास्ता नगरेको गुनासो गरे । मधेश सरकारले आफूहरुको माग पूरा नगरे जिल्ला मुख्यमन्त्रीदेखि अन्य मन्त्री र नेताहरुलाई जिल्ला प्रवेश गर्न नदिने उनले चेतावनी दिएका छन् । पटेलले शान्तिपूर्ण आन्दोलनले सरकार नजागे आमरण अन्सनमा बस्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार